२५ फागुन, काठमाडौ । साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कले घटेको छ ।
यस दिन बजारको कारोवार रकम घटेको छ ।
आइतवार नेप्से परिसूचक ४६ दशमलव ३३ अङ्कले घटेर दुई हजार सात सय ७२ दशमलव १० को विन्दुमा झरेको छ ।
आइतवार बजारमा तीन सय १५ कम्पनीहरुका दुई करोड २७ लाख २६ हजार दुई सय ८३ कित्ता शेयरहरु १० अर्ब नौ करोड ३६ लाख ५४ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आइतवारको कारोबारमा सबै समूहको उपसूचकहरु रातै भएका छन् । यस दिन दुई कम्पनीहरुको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २ कम्पनीहहरुको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
मा प्रकाशित