२६ फागुन, काठमाडौ । चालु आर्थिक वर्षको सातौ महिनामा नेपालको कुल वस्तु निर्यात ४६.५ प्रतिशतले वृद्धि भएको छ ।
देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी नेपाल राष्ट्र बैकको प्रतिवेदन अनुसार यस अवधीमा नेपालको निर्यात १ खर्ब २७ अर्ब २० करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.१ प्रतिशतले कमी आएको थियो ।
गन्तव्यका आधारमा यस अवधीमा भारत,चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ६६.९प्रतिशत,८.६ प्रतिशत र ३.५ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टर यार्न र थे्रड,चिया,अलैंची, पार्टिकल बोर्ड लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल,जिंक शिट,अदुवा,जडिबुटी,तयारी पोशाक लगायतका वस्तुको निर्यात घटेको छ ।
सात महिनामा कुल वस्तु आयात भने १०.१ प्रतिशतले वृद्धि भई ९ खर्ब ८८ अर्ब ५९ करोड पुगेको छ ।
चालु आर्थिक वर्षको सात महिनामा कुल वस्तु व्यापार घाटा ६.२ प्रतिशतले वृद्धि भई ८ खर्ब ६१ अर्ब ३८ करोड पुगेको छ ।
मा प्रकाशित