नेप्सेमा  बुधवार दोहोरो अङ्कको वृद्धि

आर्थिक परिवेश

  २८ फागुन, काठमाडौँ ।   पछिल्लो सात कारोबार दिन लगातार घटेको नेपाली शेयर बजारकाे पिरसूचक नेप्से  बुधवार भने  दोहोरो अङ्कको वृद्धि भ्एको छ ।

बुधवार नेप्से परिसूचक १७ दशमलव २८ अङ्कले बढेर दुई हजार सात सय ३६ दशमलव ४८ को विन्दुमा कायम भएको हो ।

यस दिन  विभिन्न तीन सय २३ कम्पनीका दुई करोड २९ लाख ४१ हजार तीन सय ६५ कित्ता शेयरहरू  आठ अर्ब २३ करोड ५२ लाख ६८ हजार सात सय ५५ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा विकास बैङ्क समूह शून्य दशमलव ३३ र लघुवित्त समूह शून्य दशमलव २७ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ ।

सबैभन्दा धेरै लगानी समूह एक दशमलव ७६ र अन्य समूह एक दशमलव ५७ प्रतिशतले बढेको छ ।

पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ७९ प्रतिशतले बढेको छ ।

साथै विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै माछापुच्छ्रे बैङ्क लिमिटेड प्रमोटर शेयर  ८१ करोड ३६ लाख ५२ हजार एक सय बराबरको ८१ लाख ३६ हजार पाँच सय २१ कित्ता कारोबार भएको नेप्सेले जनाएको छ ।

मा प्रकाशित