नेपाली बजारमा सुनको मुल्यमा ऐतिहासिक रेकर्ड

आर्थिक परिवेश

०१ चैत्र,काठमाडौ ।   नेपाली बजारमा शुक्रबार सुनको मुल्य इतिहासकै उच्च कायम भएको छ ।

यसअघिका सबै भाउको रेकर्ड तोड्दै सुन तोलाको लगभग पौने २ लाख रुपैयाँ पुगेको छ ।

शुक्रबार छाप भएको सुन एकै पटक ४ हजार रुपैयाँ बढेर तोलाको १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको हो ।

यसअघिको रेकर्ड भाउ १ लाख ७१ हजार रुपैयाँ थियो ।  बुधबार छाप भएको सुन १ लाख ७० हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो ।

बिहीबार सार्वजनिक बिदा परेकाले मूल्य निर्धारण भएको थिएन ।

यस्तै, बुधबार तोलामा २ हजार रुपैयाँमा कारोबार भएको चाँदीको भाउ शुक्रवार बढेर २ हजार ५० रुपैयामा कारोवार भएको छ ।

मा प्रकाशित