फागुनमा वीरगंजकाे राजस्व संकलन घट्याे

आर्थिक परिवेश

०२ चैत्र,वीरगञ्ज ।   वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा  एक खर्ब ९ अर्ब २२ करोड ८५ लाख राजस्व सङ्कलन गरेको छ ।

भन्सार विभागले   त्यस भन्सार कार्यालयलाइ एक खर्ब ३९ अर्ब ७३ करोड राजस्व सङ्कलनको लक्ष्य दिएकाे थियो ।

भन्सार प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार राजस्व सङ्कलनमा क्रमशः सुधार भएको छ ।

चालु आव  बाँकी चार महिनामा राजस्व सङ्कलनमा थप सुधार हुने उहाँको विश्वास छ । अन्य क्षेत्रको तुलनामा यहाँ पेट्रोलियम पदार्थ र सवारीसाधनबाट राजस्व सङ्कलन अधिक हुने गरेको छ ।

वीरगञ्ज भन्सारले चालु आवको साउनमा  १२ अर्ब १५ करोड ,भदौमा  १३ अर्ब ४२ करोड, असोजमा  १३ अर्ब ४७ करोड , कात्तिकमा  ११ अर्ब १० करोड र मङ्सिरमा भने  १४ अर्ब ४० करोड राजस्व सङ्कलन गरेको थियो ।

यसैगरी, पुसमा चालु आवको  सबैभन्दा धेरै अर्थात्  १५ अर्ब ४७ करोड र माघमा  १४ अर्ब ४४ करोड र फागुनमा  १४ अर्ब ६३ करोड राजस्व असुली भएको थियो ।

 

मा प्रकाशित