०२ चैत्र, काठमाडौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपाललाई करिब पाँच अर्ब ८१ करोड (चार करोड १८ लाख अमेरिकी डलर बराबर निकासा गर्ने भएको छ ।
कोषले विस्तारित कर्जा सुविधा (एक्सटेन्डेड क्रेडिट फेसिलिटी–ईसीएफ)को पाँचौँ समीक्षा सम्पन्न गरी त्यसतो रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
आइएमएफ कार्यकारी बोर्ड बैठकपछि शुक्रवार जारी प्रेस विज्ञप्तिअनुसार नेपालले राजनीतिक अस्थिरता तथा गत असोज महिनाको बाढीका कारण उत्पन्न अवरोधका बाबजुद पनि उल्लेखनीय प्रगति गरेको उल्लेख छ ।
त्यस्तै, नेपालले पुँजीगत खर्चमा वृद्धि, भूकम्प तथा बाढी पहिरोपछिको पुनः निर्माण, लचिलो र सहुलियतपूर्ण मौद्रिक नीति, जलविद्युत् उत्पादनमा भएको वृद्धिलगायत कारणले यस वर्ष नेपालको आर्थिक वृद्धिलाई थप टेवा पुग्ने अनुमान आइएमएफले गरेको छ ।
नेपाल फाइनान्सियल एक्शन टास्क फोर्स (एफएटीएफ)को ग्रे सूचीमा परेपछि सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण सम्बन्धी विषयमा पनि चनाखो हुनुपर्ने आवश्यकता आइएमएफले औँल्याएको छ ।
मा प्रकाशित