
१६ बैशाख काठमाण्डाै । प्रतिनिधि सभाकाे मगलवारकाे बैठकले भन्सार विधेयक, २०८१’ बहुमतले पारित गरेको छ।
मंगलबार विधेयकमाथिको सैद्धानितक छलफलपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेले ‘भन्सार विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नु भएकाे थियाे । सो प्रस्तावलाई संसदका बहुमत सांसदहरुले सहमति जनाउनु भए पछि पारित भएकाे हाे ।
विधेयकको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले भन्सार बिन्दुहरुमा रहेको बेथिति हटाउनको लागि भन्सारसम्बन्धी कानूनलाई संशोधन एवं एकीकरण गर्नको लागि विधेयक ल्याइएको बताउनु भयाे ।
उहाँले भन्सार नाकामा राजश्व चुहावट, अनियमितता र व्यापारीहरु पीडित नबनुन् भन्ने नै विधेयकको मुख्य उद्देश्य रहेको बताउनु भयाे ।
भन्सारलाई उपकरण र स्रोत साधनको दृष्टिकोणले प्रभावकारी बनाइयोस् भनेर पनि सुझाव दिनुभएको अर्थमन्त्रीले बताउनु भयाे ।
विधेयकले कानूनको रुप लिएसँगै राजश्व चुहावटमा कमी आउनुका साथै भन्सार व्यापार सहज र छिटाे बनाउन सहयाेग हुने मन्त्री पौडेलले बताउनु भयाे ।
मा प्रकाशित