१९ बैशाख, काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले प्राधिकरणको आर्थिक प्रशासनिक तथा विद्युत उत्पादनको अवस्थाको वारेमा श्वेतपत्र जारी गरेको छ ।
श्वेतपत्र जारी गर्दै नेपाल विदूत प्रधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले देशका ९७.५ प्रतिशत पालिकाहरुमा विद्युत पहुँच पुगेको बताउनु भयो ।
हाल वडागत रुपमा ९५ प्रतिशत वडाहरुमा र घरसंरचनाका आधारमा ९१.४ प्रतिशत घरहरुमा विद्युतको पहुँच पुगेको शाक्यले बताउनु भयो ।
चालु आर्थिक बर्षको अन्त्यसम्म विद्युतको माग २ हजार ४ सय ३८ मेगावाट पुग्ने प्राधिकरणले प्रक्षेपण गरेको छ । फागुन मसान्तसम्म आन्तरिक माग २३३७ मेगावाट रहेको छ ।
प्राधिकरणले ०८२/८३ मा वर्षा याममा २६४८ मेगावाट, ०८३/८४ मा ३३१६ मेगावाट विद्युत जगेडा हुने प्रक्षेपण गरेको छ ।
२०८२/८३ को सुख्खा याममा ७९१ मेगावाट र ०८३÷८४ मा ७२८ मेगावट विद्युत अपुग भै आयात गर्नुपर्ने देखिएको प्रधिकरणले जनाएको छ ।
शाक्यले विद्युत मागको अहिलेकै हिसाबले अघि बढ्दा आयात हटाउन अझै केही वर्ष नसकिने अवस्था रहेको बतउनु भयो ।
मागको समस्याको दिगो समाधान गर्न उर्जा सुरक्षाका लागि अर्धजलाशय, जलाशय, पम्पजलाशययुक्त आयोजना र ब्याट्री उर्जा भण्डारण प्रणाली निर्माण गरी उर्जा भण्डारण गर्नुपर्ने कार्यकारी निर्देशक शाक्यले बताउनु भयो ।
विद्युत खपतको वार्षिक वृद्धिदर हालको १२–१४ प्रतिशतलाई बढाएर २० प्रतिशत पुर्याउन सबैले प्रयास गर्नुपर्नेमा उहाँले जोड दिनु भयो ।
मा प्रकाशित