२४ बैशाख, काठमाण्डौ । सरकारले युवाहरुलाई उद्यमशिल बनाउन र नयाँ प्रविधिका उद्यम स्थापनामा आर्कषित गर्न दोस्रो चरणको स्टार्टअप कर्जा दिने प्रकृया शुरु गरेको छ ।
नेपाल सरकार औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले यस बर्षका लागि स्टार्टअप कर्जा दिन विभिन्न ६ सय ६१ कप्पनीहरुलाई छनौट गरेको छ ।
छनौट भएका कम्पनीहरुले मागका आधारमा राष्ट्रिय बाणिज्य बैकबाट विना धितो ५ लाखदेखि २५ लाखसम्म कर्जा प्राप्त गर्न सक्नेछन् ।
त्यसतो कर्जाको ब्याज भने ३ प्रतिशत मात्र तिरे हुने व्यवस्था रहेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले छनौट गरेका ६ सय ६१ कप्पनीहरुलाई कर्जाको लागि राष्ट्रिय बाणिज्य बैकमा सिफरिश गरेको छ ।
यस बर्षको स्टार्टअप उद्यम कर्जाका लागि ५ हजार १ सय ५८ प्रस्तावहरु परेकोमा छनौट भएका १ हजार ३ सय १४ ले आ आफनो परियोजना प्रस्ताव प्रस्तुत गरेका थिए ।
बैकले पेश गरेका कागजातहरु हेरी स्थलगत रुपमा उद्यमको नीरिक्षण गरी कर्जा उपलब्ध गराउने छ । कर्जा ५ लाख सम्मको एकै किस्तामा ५ देखि १५ लाखसम्मको दास्रोे किस्ता र १५ देखि २५ लाख सम्मको कर्जा ३ किस्तामा गरी उपलब्ध गराउने छ ।
कर्जा प्राप्त गर्नु पुर्व उद्यमीले उद्यमको वीमा गर्नु पर्नेछ भने सरकारले कर्जाको सुरक्षणको व्यवस्था गरेको छ ।
चालु आर्थिक बर्षको असार मसान्त सम्ममा ६ सय ६१ उद्यमहरुलाई १ अर्ब बराबरको कर्जा वितरण गरी सक्ने उद्योग मन्त्रालय औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले जनाएको छ ।
सरकारले गत बर्ष १ सय ६५ जना उद्यमीहरुलाई स्टार्टअप कर्जा उपलब्ध गराएको थियो । हालसम्म गत बर्ष वितरण गरिएको कर्जाको सावाँ र ब्याज गरी १ करोड ८० लाख फिर्ता भैसकेको छ ।
सरकारले यही बैशाख १९ गते जारी गरेको नीति तथा कार्यक्रममा पनि युवाहरुलाई उद्यमी बनाउने र स्टार्टअप कर्जा दिने विषयलाई उच्च प्राथमिकतामा राखेको छ ।
मा प्रकाशित