भारतकाे कश्मीरमा ‘विस्फोट’को आवाज पाकिस्तानले बम आक्रमण वा मिसाइल आक्रमण गरेको शंका

आर्थिक परिवेश

२५ वैशाख, काठमाडौं ।   भारत प्रशासित जम्मु कश्मीरमा ‘विस्फोट’को आवाज आएको छ भने प्रत्यक्षदर्शीहरूले साइरनको आवाजसँगै त्यस क्षेत्रमा ‘ब्ल्याकआउट’ भएको बताएका छन् ।

अमेरिकी समाचार संस्था सीएनएनसँग कुरा गर्दै भारतका सैनिक प्रवक्ताले कश्मीरमा विस्फोट भएको सुनिए पनि विस्तृत विवरण आइनसकेको बताउनु भएकाे छ ।

‘अहिलेसम्म हामीसँग विस्तृत विवरण छैन, तर परिस्थितिलाई बुझ्ने प्रयास गरिरहेका छौं’ उनले भनेका छन्, ‘त्यहाँ अहिले ब्ल्याक आउट छ ।’

कम्मु कश्मीर प्रहरीका पूर्वमहानिर्देशक शेष पलले सामाजिक सञ्जाल एक्समा ठूलो विस्फोट भएको भन्दै बम आक्रमण वा मिसाइल आक्रमणको शंका गरिएको बताएका छन् ।

भारत वा पाकिस्तान दुवैतर्फ बाट यस बारेमा विस्तृत विवरण आएको छैन् ।

पहलगाममा एक नेपाली र २६ भारतीय नागरिक मारिएको आतंकवादी हमलाको जवाफ भन्दै भारतले दुई दिनअघि पाकिस्तानको ९ स्थानमा हवाई कारबाही गरेको थियो ।

पाकिस्तानी प्रधानमन्त्रीले त्यसको जवाफ दिइने भन्दै त्यसको सम्पूर्ण अधिकार पाकिस्तानी सेनालाई दिनु भएकाे थियाे ।

मा प्रकाशित