२७ बैशाख काठमाडाै । छिमेकी भारत र पाकिस्तान विनाशकारी युद्धको सँघारबाट पछि हट्न तयार भएका छन्।
शनिबार अमेरिकाको मध्यस्थतामा दक्षिण एसियाका दुई आणविक शक्ति सम्पन्न उनीहरू तत्काल लडाइँ रोकेर वार्तामा बस्न तयार भएका हुन्।
त्यसको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका हुन्।
ट्रम्पलगत्तै अमेरिकी विदेशमन्त्री मार्को रुबियो पनि भारत र पाकिस्तान तत्काल युद्धविराम गरेर तटस्थ स्थानमा वार्तामा बस्न तयार भएको बताएका छन्।
एक्समा रुबियोले लेखेका छन्, ‘भारत र पाकिस्तानका सारकार तुरुन्त युद्धविराम गरेर अनेकौँ विषयमा तटस्थ स्थानमा वार्ता सुरु गर्न सहमत भएका छन्।’
‘शान्तिको मार्ग चुन्ने प्रधानमन्त्री मोदी र सरिफको बुद्धिमत्ता, विवेक र शासनकलाको सराहना गर्छौं,’ उनले थपेका छन्।
पाकिस्तानका उपप्रधानमन्त्री इशाक दारले तत्काल लागू हुनेगरी भारतसँग युद्धविराम गर्न सहमति भएको जनाएका छन् ।
सहमतिको पुष्टि पाकिस्तानी विदेशमन्त्री इसाक दारले पनि गरेका छन्। उनले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको बताएका छन्।
‘पाकिस्तान र भारतले तत्काल लागू हुनेगरी युद्धविराम गर्ने सहमति गरेका छन्। पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतासँग सम्झौता नगरी सधैँ शान्ति र सुरक्षाको प्रयास गर्दै आएको छ,’ उनले लेखेका छन्।
रुबियोका अनुसार उपराष्ट्रपति जेडी भान्स र उनले प्रधानमन्त्रीहरू नरेन्द्र मोदी र शहबाज सरिफका अलावा विदेशमन्त्री एस जयशंकर, पाकिस्तानी सेनाप्रमुख असिम मुनिर र दुवै देशका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र असिम मलिकसँग कुरा गरेका थिए।
मा प्रकाशित