
११ जेठ,काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालकाे पहिलाे निर्माणाधीन ओभरपास सडक यथाशीघ्र सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ ।
आइतवार बिहान ललितपुरको ग्र्वाकोमा ओभरपास सडक निर्माण क्षेत्रको स्थलगत निरीक्षणका क्रममा मन्त्री दाहालले बाँकी काम यथाशीघ्र सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो ।

जेठभरिमा निर्माण सम्पन्न भएलगत्तै ओभरपास सडकबाट सवारीसाधन सञ्चालनको तयारी गरिने उहाँले बताउनुभयो ।
ओभरपास सडक अन्तर्गत हाल ३५ मिटर स्पानको चारलेन प्रिकाष्ट ग्रिडर पुलसहित एप्रोच सडक तथा कालोपत्र निर्माण भइरहेको छ ।
ओभरपासमा ट्राफिक लाइट जडानको कार्य पनि हुनेछ ।
अनुगमनका क्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले निर्माणका क्रममा केही प्राविधिक समस्या देखिएका बताउँदै ती समस्या समाधान भइसकेका जानकारी दिनुभयो ।
सडक विभागका महानिर्देशक रामहरि पोखरेलले राजधानीको सवारी व्यवस्थापनका लागि ग्वार्को फ्लाई ओभर महत्त्वपूर्ण योजनाका रूपमा रहेकाले यसलाई प्राथमिकताका साथ सम्पन्न गर्नुपर्ने धारणा राख्नुभयो ।
मा प्रकाशित