२२ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्णप्रतिबन्ध लगाउने निर्णयमा हस्ताक्षर गर्नु भएकाे छ ।
सुरक्षा जोखिमलाई कारण देखाउँदै उहाँले अफगानिस्तान, म्यानमार (बर्मा), चाड, गणतन्त्र कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरुलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाउने निर्णयमा हस्ताक्षार गर्नु भएकाे हाे ।
यसैगरी ट्रम्पले बुरुन्डी, क्युबा, लाओस, सिएरालियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकहरूलाई आंशिक रुपमा प्रतिबन्ध लगाउने घोषणामा पनि हस्ताक्षर हस्ताक्षार गर्नु भएकाे छ ।
यात्रा प्रतिबन्धको निर्णय ९ जुनदेखि लागु हुने विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् । यद्यपि अमेरिकी ग्रिनकार्ड भएका व्यक्तिहरु, ९ जुनभन्दा अघि नै भिसा लागिसकेका व्यक्तिहरू, केही निश्चित भिसा श्रेणीहरू र अमेरिकी राष्ट्रिय हितमा सेवा गर्ने व्यक्तिहरूलाई भने छुट दिइने समाचारमा उल्लेख छ ।
अमेरिकालाई खतरनाक विदेशी तत्वहरूबाट जोगाउने चुनावी बाचा अनुसार यो निर्णय गरिएको ह्वाइट हाउसका अधिकारीहरुले बताएका छन् ।
मा प्रकाशित