२२ जेठ, काठमाडौ । नेपालको चर्चित व्यापारिक समूह भाटभटेनीले भैरहवाको विशेष आर्थिक क्षेत्रमा अत्याधुनिक गार्मेन्ट उद्योग सञ्चालनमा ल्याउने भएको छ ।
समूहका अध्यक्ष मीनबहादुर गुरुङ, व्यवसायी उमेश श्रेष्ठसहितको समूहले जगपूजासहित बुधबार उद्योगको शिलान्यास गर्नु भएको छ ।
त्यस उद्योगले करिब एक हजार दुई सय रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ । स्थानीय जनशक्तिको परिचालन गर्दै निर्यात वृद्धि मार्फत मुलुकको आर्थिक विकासमा योगदान र्पुयाउने लक्ष्य लिइएको भाटभटेनीले जनाएको छ ।
अन्तर्राष्ट्रिय मापदण्डमा तयार गरिने त्यस उद्योगमा आधुनिक मेसिनरी, स्वास्थ्य सुरक्षा र स्वच्छ वातावरणीय प्रणालीको प्रबन्धका साथै एक मेगावाटभन्दा बढीको सौर्य ऊर्जा प्रणाली र ब्याट्री ऊर्जा भण्डारण रहने गरी निर्माण गरिने भएको छ ।
अन्तर्राष्ट्रिय मापदण्डअनुरुप बन्ने कारखानाले विशेषत भाटभटेनीका स्टोरहरुमार्फत स्थानीय बजार तथा अन्तर्राष्ट्रिय बजारको लागि तयारी पोशाकको उत्पादन गर्ने लक्ष्य लिएको भाटभटेनीले जनाएको छ ।
समूहले उद्योगमा करिब डेढ अर्ब रुपैया लगानी गर्ने भएको छ ।
मा प्रकाशित