३० जेठ, काठमाडौ । नेपाल राष्ट्र बैकले बैंकिड. क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि बैकिड. क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको छ ।
नेपाल राष्ट्र बैकले बैंकिड क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्न डा. रेवतबहादुर कार्की–संयोजक, भुवनकुमार दहाल–सदस्य र नेपाल राष्ट्र
बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक–सदस्य सचिव रहने गरी तीन सदस्यीय बैंकिड. क्षेत्र सुधार सुझाव कार्यदल गठन गरेको हो ।
कार्यदलको समयावधि एक महिनाको रहने गरी देहायका विषयमा सुझाव दिन जिम्मेवारी प्रदान गरिएको छ ः
बैंकिड. नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिड. सेवाको विकासका सम्बन्धमा ।
आर्थिक गतिविधि पूर्णचलायमान बनाउन बैंकिड. क्षेत्रले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा ।
ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदमका सम्बन्धमा ।
बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका ९mभचनभच बलम उयकत mभचनभच० समस्याहरूको पहिचान तथा समाधानको सुझावका सम्बन्धमा ।
नेपाललाई ग्रे लिष्टबाट हटाउन बैंकिड. क्षेत्रले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा ।
पुँजीबजार विकासमा केन्द्रीय बंैकको समन्वयात्मक भूमिकाका सम्बन्धमा ।
मा प्रकाशित