१ असार, काठमाडौं । नेपाल अायल निगमले इन्धनहरू पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।
नेपाल आयल निगमका अनुसार, पेट्रोलमा १ रुपैयाँ मूल्यवृद्धि भएको छ । त्यस्तै, डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्यवृद्धि भएको छ ।
वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ ।