०४ असार,काठमाण्डौ । रसुवाको टिमरे भन्सार कार्यालयले चालु आर्थिक बर्षको ११ महिनामा २८ अर्ब ७१ करोड राजस्व संकलन गरेको छ ।
छिमिकी मुलुक चीनबाट आयात भएका वस्तुको भन्सार शुल्कबापत प्राप्त राजस्व भन्सार कार्यालयले सार्वजनिक गरेको हो ।
प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२ प्रतिशतले बढी राजस्व वृद्वि भएको ।
गत आवको ११ महिनामा १८ अर्ब ९८ करोड २१ लाख राजस्व सङ्कलन भएको थियो ।
चालु आवमा विद्युतीय सवारीसाधन र अन्य गरी करिब ८० अर्ब बराबरको सामग्री आयात भएको छ भने तीन अर्ब बराबरका सामग्रीहरु निर्यात भएका छन् ।
सो नाका हुदै गत साउनदेखि जेठ मसान्तसम्म छ हजार २६६ थान जिप, कार, भ्यान, तीन पाङ्ग्रे चार सय ६९ वटा र माइक्रोबस तथा बसट्रक एक हजार १७६ वटा विद्युतीय सवारीसाधान आयात भएका छन् ।
यस अवधीमा सवारीसाधनबाट मात्रै ११ अर्ब ४८ करोड राजस्व प्राप्त भएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।
मा प्रकाशित