विदेशको नागरिकता लिइसकेकालाई नेपाली नागरिकता दिन सकि‍‌दैन : देउवा

आर्थिक परिवेश

७ असार, काठमाडौं ।   नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशको नागरिकता लिइसकेकाहरूलाई नेपाली नागरिकता दिन नसकिने बताउनु भएकाे छ ।

शनिबार ललितपुरमा आयोजित सुगौली सन्धि र नेपालमा नागरिकता नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले त्यसताे विचार व्यक्त गर्नु  भएकाे हाे ।

ब्रिटिश गोरखा सैनिकहरुले नेपालको नागरिकता निरन्तरताको माग उठाउनु स्वभाविक भएपनि अर्को देशको नागरिकता लिइसके पछि उनीहरुलाई नेपालको नागरिकता दिन नसकिने देउवाको भनाइ थियो ।

‘नागरिकता लिइसकेकालाई हामी नेपालको नागरिकता दिन सक्दैनौँ । अरु कामहरुका लागि एनआरएन नागरिकता दिन सकिन्छ ।

हाम्रो जस्तो सानो देशमा धेरै गाह्रो पर्छ । नागरिकताको सम्बन्धमा छलफलको विषय छ,’ देउवाले भन्नु भयाे , ‘अरु देशको नागरिक भइसकेकालाई नेपालको नागरिकता दिन गाह्रो छ । अरु सुविधाहरु दिन सकिन्छ । नेपाल फर्किन चाहनेलाई स्वागत भइहाल्छ ।’

ब्रिटिश गोरखा सैनिक बारे स‌सदकाे  समितिमा छलफल जारी रहेकाले संसदबाट निष्कर्ष निस्किने जिकिर उहाँले भन्नु भयाे  ।

‘जहाँसम्म गोरखा ब्रिटिश सैनिकलाई बेलायती सैनिक सरह नै सेवा सुविधा दिनुपर्छ भन्ने नेपालको माग छ । त्यसमा म स्पष्ट छु ।

ब्रिटिश गोरखा सैनिकहरुले नेपालको नागरिकताको निरन्तरता पाउनुपर्ने माग राख्नुभएको छ, यस विषयमा राजनीतिक दलहरूले छलफल गरिरहेका छन् ।

छिट्टै निष्कर्ष निस्किनेछ । यसमा के छ भने एनआरएन भन्ने पनि छ । नेपाल छोड्नुपर्ने विभिन्न बाध्यता छन्, त्यसैले ब्रिटिश गोरखा सरह नै नागरिकता पाउनुपर्छ भन्ने छ,’ देउवाले भन्नु भयाे ।

ब्रटिश गोरखा सैनिकहरू नेपाललाई विश्वमा चिनाउने महत्वपूर्ण माध्यम भएको पनि उहाँले बताउनु भयाे  ।

मा प्रकाशित