
१३ असार, काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेकाे छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले बर्ष २०८१ सालको (एसईई) परीक्षाको नतिजा आज प्रकाशित गर्ने भएको हाे ।
नतिजा निकाल्ने सन्र्दभमा छलफल गर्न आयोजित परीक्षा बोर्डको बैठकले आज साँझ ६ बजे पछि नतिजा निकाल्ने निर्णय गरेको र सोही अनुसारको अन्तिम तयारीको रुपमा चेक जाँचको काम भइरहेको छ ।
यस वर्षको एसईई परीक्षा गत चैत ७ गतेदेखि सञ्चालन भएको थियो ।
यस बर्षको (एसईई) परीक्षामा स्वदेश तथा विदेशबाट समेत गरी नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी छन् ।
मा प्रकाशित