परिसूचक र काराेवार रकममा उल्लेख्य वृद्धि

आर्थिक परिवेश

 १८असार  काठमाडौँ ।  बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ४२ अङ्कले बढेको छ ।

एक दशमलव २९ प्रतिशतको वृद्धिपछि यस दिन नेप्से दुई हजार छ सय ९४ दशमलव ८२ को बिन्दुमा कायम भएको छ ।

बुधवार तीन सय १७ कम्पनीका तीन करोड एक लाख ८२ हजार ३४१ कित्ता शेयरहरु  नौ अर्ब ७४ करोड ४८ लाख ४३ हजार रुपैयामा किनबेच भएका छन् ।

बुधवार सबै समूहका उपसूचकहरु बढेका छन् । यस दिन सबैभन्दा बढी जीवन बिमा समूह दुई दशमलव ८३, निर्जीवन बिमा दुई दशमलव ५१ र विकास बैङ्क समूह दुई दशमलव ३१ प्रतिशतले बढेको छ ।

त्यस्तै, बैङ्किङ एक दशमलव ३६, वित्त एक दशमलव ९९, होटल तथा पर्यटन शून्य दशमलव ७१ र जलविद्युत् शून्य दशमलव ४७ प्रतिशतले बढेको छ ।

लगानी एक दशमलव शून्य एक, उत्पादन तथा प्रशोधन शून्य दशमलव ६९, लघुवित्त शून्य दशमलव ५६, म्युचुअल फण्ड शून्य दशमलव शून्य छ, व्यापार एक दशमलव ७६ र अन्य समूह शून्य दशमलव ९१ प्रतिशतले बढेको छ ।

बुधवार कारोबारमा ग्रीन डेभलपमेन्ट बैङ्क लिमिटेड र खानीखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य सबैभन्दा बढी नौ दशमलव ९९ प्रतिशतले बढेको नेप्सेले जनाएको छ

मा प्रकाशित