
२१ असार,लण्डन । बेलायत स्थित नेपाली दूतावासले लन्डनमा नेपाल–यूके टेक फोरम नामक सूचना प्रविधि सम्मेलनको आयोजना गरेको छ ।
नेपालमा प्रविधि तथा डिजिटल सेवामा लगानीको सम्भावना औंल्याउँदै सूचना प्रविधि, ई–गभर्नेन्स, फिनटेक, एजु–टेक लगायतका क्षेत्रमा संयुक्त लगानी, स्टार्टअप एक्सचेन्ज र दीर्घकालीन सहकार्यको खोजी गर्न नेपाल–यूके टेक फोरम आयोजा गरेको लण्डनस्थित नेपाली दुतावासले जनाएको छ ।
मञ्चलाई सम्बोधन गर्दै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालको लगानीको वातावरणमा सुधार भएको र प्रविधिमैत्री नीतिहरूका बारेमा जानकारी गराउँदै सूचना प्रविधि क्षेत्रमा लगानी गर्ने अनुकुल समय भएको धारणा राख्नु भयो ।

नेपालको डिजिटल पूर्वाधार विकास, अनलाइन प्रणालीको प्रवद्र्धन र विश्वव्यापी प्रतिस्पर्धा गर्न आवश्यक प्राविधिक मापदण्ड तथा पूर्वाधार सुदृढीकरणका लागि अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकतामा जोड दिनु भयो ।
कार्यक्रममा बेलायत स्थित प्राविधिक क्षेत्रका विज्ञ, लगानीकर्ता र कूटनीतिक समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको सो कार्यक्रममा नेपाल–बेलायतबीच डिजिटल व्यापार र प्रविधि साझेदारीलाई कसरी थप गहिरो बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

कार्यक्रममा बेलायतका अधिकांश टेक कम्पनीका सिइअाेहरू अध्यक्ष , उपाध्यक्ष टेक कम्पनीका संस्थापकहरू गरी १ सय जना भन्दा बढीकाे सहभािगता रहेकाे थियाे ।
उनीहरूले नेपालकाे सूचना प्रविधि उद्याेगमा लगानी गर्न र नेपालका प्रविधि उद्मेगका उत्पादनहरू लाइ बेलायतकाे बजारमा प्वेश गराउने विषायमा पनि चासाे दिएकाे बेलायतसि्थत नेपाली राजदुत चन्द्र घिमिरेले जानकारी दिनु भयाे ।
सम्मेलन सँगै एक कार्यदल निर्माण गर्ने सहमती भएकाे छ । त्यसै माफर्त दुइ देश बीचमा प्रविधि उद्माेगमा लगानी तथा निर्यातमा सहजीकरण गर्ने समेत भएकाे छ ।
मा प्रकाशित