
२४ असार, काठमाडौं । नेपालर चीन बीचकाे दाेस्राे ठूलाे व्यापारिक नाका रसुवागढीबाट हुने दुइपक्षीय व्यापार पूर्णरूपमा विच्छेद भएकाे छ । बाढीले पुरयाएकाे क्षतिका कारण त्यहाँबाट हुने व्यापार समेत अनिश्चित बनेको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिना (जेठ महिना) सम्म रसुवागढी नाकाबाट ८० अर्ब ९१ करोड ४८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । १ अर्ब ९६ करोड १४ लाख बराबरको वस्तु निर्यात भएको छ ।
मंगलबार बिहान आएको बाढीले त्यस नाकाको मितेरी पुल नै बगाएसँगै अब रसुवागढीबाट हुने अायात –निर्यात बन्द भएकाे छ ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले चीनतर्फबाट रसुवागढी नाका हुँदै नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएसँगै चीनसंगकाे सडक सम्पर्क पूर्णरूपमा टुटेको जानकारीिदनु भयाे ।
बाढीका कारण स्याफ्रुबेँसी–रसुवागढी सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।
बाढीले रसुवा भन्सार कार्यालय काे यार्डमा समेत ठूलाे क्षति पुगेको छ । बाढीले ईभी चार्जिङ स्टेसनमा क्षति पुग्नुका साथै, रसुवागढी जलविद्युत् आयोजनाको ड्याममा समेत क्षति पुगेको छ ।
बाढीका कारण १८ नागरिक वेपत्ता छन् । सुरक्षा निकायले ५५ जनाको उद्धार गरेको छ ।
मा प्रकाशित