०१ साउन, काठमाडौं । नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन बिहीबार सेयर बजार ७५.८४ अंक (२.७१ प्रतिशत) बढेको छ ।
सो अंकको वृद्धिपछि नेप्से परिसूचक २८७० अंकमा पुगेको छ । २३९ कम्पनीको मूल्य बढ्दा ९ को घट्यो । आज कारोबार रकम पनि बढेको छ ।
अघिल्लो दिन १४ अर्ब ३ करोडको कारोबार भएकोमा आज १६ अर्ब ५९ करोडको भयो । यस दिन सबै समूहका सूचक बढेका छन् ।
अन्य समूह सबैभन्दा धेरै ५.०९ प्रतिशतले बढेकाे छ ।
तीन कम्पनी ट्रेड टावर, शुभम् पावर र थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।
इस्टर्न हाइड्रोपावरको ९.९०, बाराही हाइड्रोपावरको ९, नेपाल पुनर्बीमाको ८.५३, मेरो माइक्रोफाइनान्सको ७.६८, युनियन हाइड्रोपावरको ७.५६, माउन्टेन हाइड्रो नेपालको ७.२८ प्रतिशत मूल्य बढ्यो ।
माइखोला हाइड्रोपावरको ३.७६, कर्पोरेट डेभलपमेन्ट बैंकको १.५७, सांग्रिला डेभलपमेन्ट बैंकको ०.७८ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, बुटवल पावर, राधि विद्युत्, सानिमा माइ हाइड्रोपावर र ङादी ग्रुप क्रमशः अगाडि रहे । बजारको पूँजीकरण ४७ खर्ब ८३ अर्ब पुगेको छ ।
मा प्रकाशित