०४साउन,काठमाण्डौ । साताको पहिलो दिन आइतबार नेपाली शेयर बजारमा ठूलै उतारचढाव भएको छ ।
अघिल्लो कारोबार दिन २८७० अंकमा रहेर बन्द भएको बजार आइतबार कारोबारका क्रममा बढेर २९२२ अंकमा मा पुगेको भए पनि अन्ततः अघिल्लो दिनकै अंक २८७० मा झरेर बन्द भयो ।
बजारको उतारचढाव ठूलो हुँदा आइतवार कारोबार रकम पनि उल्लेख्य रुपमा बढेको छ ।
अघिल्लो दिन गत बिहिवार १६ अर्ब ५९ करोडको कारोबार भएको बजारमा आइतवार भने २१ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भयो । आइतवारको कारोबार रकम ११ महिना यताकै उच्च हो ।
गत वर्षको साउन ३२ गते हालसम्मकै उच्च रकम २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको रेकर्ड छ ।
आइतवार १०५ कम्पनीहरुको मूल्य बढ्दा १४४ को घट्यो । फाइनान्स समूह सबैभन्दा धेरै २.२६ प्रतिशत घट्यो ।
यस दिन ५ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । यस दिनको कारोवार पछि बजारको पूँजीकरण ४७ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ ।
०४साउन,काठमाण्डौ । साताको पहिलो दिन आइतबार नेपाली शेयर बजारमा ठूलै उतारचढाव भएको छ ।
अघिल्लो कारोबार दिन २८७० अंकमा रहेर बन्द भएको बजार आइतबार कारोबारका क्रममा बढेर २९२२ अंकमा मा पुगेको भए पनि अन्ततः अघिल्लो दिनकै अंक २८७० मा झरेर बन्द भयो ।
बजारको उतारचढाव ठूलो हुँदा आइतवार कारोबार रकम पनि उल्लेख्य रुपमा बढेको छ । अघिल्लो दिन गत बिहिवार १६ अर्ब ५९ करोडको कारोबार भएको बजारमा आइतवार भने २१ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
आइतवारको कारोबार रकम ११ महिना यताकै उच्च हो । गत वर्षको साउन ३२ गते हालसम्मकै उच्च रकम २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको रेकर्ड छ ।

मा प्रकाशित