भारत र बेलायतबीच स्वतन्त्र व्यापार सम्झौता एकअर्का देशका उत्पादनले सहज प्रवेश पाउने

आर्थिक परिवेश

   ०८ साउन,काठमाडाै।   भारत र बेलायतबीच स्वतन्त्र व्यापार सम्झौता (एफटीए) सम्पन्न भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायत भ्रमणको अवसर पारेर दुई देशले विहीबार उक्त सम्झौता भएकाे हाे  ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती प्रधानमन्त्री किर स्टारमरले सम्झौतालाई ऐतिहासिक भन्दै त्यसले दुई देशबीचको आर्थिक सम्वन्ध थप प्रगाढ बनाएको दावी गर्नु  भएकाे छ ।

भारतीय प्रधानमन्त्री मोदीले सम्झौताले भारतीय कपडा, जुत्ता, आभुषण र गहना, समुद्री खाना र इन्जिनियरिङ सामानहरूको साथै भारतका कृषि उत्पादन र प्रशोधन गरिएका खाद्य उद्योगका लागि बेलायतको बजारमा नयाँ अवसरहरू सिर्जना हुने बताउनु भयाे ।

हाल बेलायतले हरेक वर्ष २३ अर्ब डलरभन्दा बढी यस्ता उत्पादनहरू आयात गर्छ । त्यति ठूलो बजार अब भारतीय उत्पादनले सहजरुपमा प्राप्त गर्नेछ ।

अर्कातिर, भारतका चिकित्सा उपकरणजस्ता बेलायत निर्मित उत्पादनहरूलाई भारतीय बजार प्रवेशमा सहजता दिलाउनेछ ।

त्यस्तै आइटीको क्षेत्रमा पनि दुवै देशले सहकार्य गर्ने उक्त सम्झौतामा उल्लेख छ ।

 

मा प्रकाशित