०८ साउन, बीरगंज । बीरगंज भन्सार नाका हुँदै आर्थिक वर्ष २०८१/०८२ मा भारत तथा तेस्रो मुलुक तर्फ १ खर्ब १ अर्ब ८४ करोड ७४ लाख मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको छ ।

गत आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आर्थिक वर्ष २०८१/०८२ मा २ सय २७ प्रतिशतले निर्यात वृद्धि भएको वीरगंज स्थित आईसिपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०८०/०८१ म भारत तथा तेस्रो मुलुक तर्फ ३१ अर्ब १४ करोड २२ लाख मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको थियो ।

वीरगंज नाका हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाइल्यान्ड लगायतका मुलुकहरूमा तेल, जुस, कपडा जुत्ता, फलामे पाता लगायतका नेपाली उत्पादन तथा जडीबुटी निर्यात भएको वीरगंज स्थित आईसिपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जानकारी दिनुभयो ।
आईसिपी भन्सार नाका हुँदै आर्थिक वर्ष २०८१/०८२ मा सबैभन्दा धेरै मलमासको प्रशोधित तेल भारत निर्यात भएको छ ।
वीरगंज नाकाबाट मात्रै ६१ अर्ब ५५ करोड १६ लाख ९० हजार मूल्य बराबरको भटमासको प्रशोधित तेल निर्यात भएको छ । त्यसै गरी वीरगंज नाकाबाट सो अवधिमा ७ अर्ब ६९ करोड ४३ लाख ८० हजार मूल्य बराबरको फलफूलको जुस तथा जाम भारत निर्यात भएको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा ९ अर्ब २६ करोड ५१ लाख ४५ हजार मूल्य बराबरको सूर्यमुखी प्रशोधित तेल निर्यात भएको छ भने ५ अर्ब ३७ करोड ५५ लाख ६१ हजार मूल्य बराबरको फलाम तथा फलामका सामाग्रीहरू निर्यात भएको वीरगंज भन्सार कार्यालयबाट उपलब्ध तथ्याङ्कमा उल्लेख छ ।
वीरगंज नाकाबाट १ वर्षमा २ अर्ब ४६ करोड ५४ लाख १५ हजार मूल्य बराबरको सेन्थेटिक यार्न निर्यात भएको छ । त्यसै गरी सो अवधिमा २ अर्ब ७९ करोड २८ लाख ५७ हजार मूल्य बराबरको विभिन्न कपडाहरू भारत तथा तेस्रो मुलुक निर्यात भएको छ ।
सो अवधिमा २ अर्ब २० करोड ५४ लाख ६३ हजार मूल्य बराबरको पशु आहारको कच्चा पदार्थ, १ अर्ब १३ करोड मूल्य बराबरको सवारी साधन,मेसिनरत तथा पाट पुर्जा,६५ करोड ३४ लाख १२ हजार मूल्य बराबरको आयुर्वेदिक औषधिनिर्यात भएको छ ।
यस अवधीमा १ अर्ब २० करोड ३८ लाख ३३ हजार मूल्य बराबरको कुकुर तथा बिरालाको खाना तेस्रो मुलुक निर्यात भएको भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक लामिछानेले बताउनुभयो ।
आर्थिक वर्ष २०८१/०८२ मा बीरगंजको आईसिपी भन्सार नाकाबाट मनोरञ्जनका सामान, स्पोर्ट सुज, दन्तमन्जन, रेसाको कपडा,स्टिलका भाँडाकुँडा र सि.आर.सीट, जीआई.पाईप लगायतका सामानहरू भारत तथा तेस्रो मुलुक निर्यात भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक लामिछानेले जानकारी दिनुभयो ।
मा प्रकाशित