अष्ट्रेलियामा  सम्पन्न  एनआरएनए निर्वाचनबाट अध्यक्ष पदका प्रत्यासी सन्तोष कुँवर विजयी

आर्थिक परिवेश

११ साउन सिडनी,अष्ट्रेलिया।  गैर अावासिय नेपाली संघकाे  शनिवार  अष्ट्रेलियामा  सम्पन्न   निर्वाचनबाट अध्यक्ष पदका प्रत्यासी सन्तोष कुँवर सहित उहाँको टिम निर्वाचित भएको छ ।

डिल्लीराम ढकाल प्रमुख निर्वाचन आयुक्त रहेको निर्वाचन समितिले  शनिवार राति अबेर सार्वजनिक गरेको निर्वाचन परिणाम अनुसार कुँवरले ६,८३९ मत ल्याएर अध्यक्ष पदमा विजयी भएका हुन् ।

अध्यक्ष पदका अन्य प्रत्यासीहरु पर्थका भैरव ढकालले ३हजार ७ सय २७ मत ल्याए भने नर्दन टेरिटोरीका  सञ्जीव ढकाल गोर्खालीले २ हजार १ सय २६ मत प्राप्त गरेका छन् । अष्ट्रेलियाभरि दर्ता भएका १६ हजार १ सय २१ मतदातामध्ये १३ हजार ७ सय १ मत खसेको थियो ।

डेमोक्र्याट पक्षको  टिमको नेतृत्व गरेर  चुनावी मैदानमा उत्रिएका कुँवरको टिमबाटै एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष ,महासचिव , कोषाध्यक्ष,सचिव र नारि निकुञ्ज  राष्ट्रिय संयोजकको पदमा बिजयी हासिल गरेको छ ।


निर्वाचन समितिका अनुसार मेल्बर्नका बबिन मिश्रले ७ हजार २ सय ६१ मत ल्याएर  उपाध्यक्षमा निर्वाचित भए मेलबर्नलाई कर्म थलो बनाउदै आएका मिश्र एनआरएनए अष्ट्रेलियाको ( २०२३-२०२५) प्रवक्ताको रूपमा कार्यरत छन् । उनका प्रतिस्पर्धी ब्रिसबेनका रमेश पौडेलले ४हजार ६ सय १९ मत प्राप्त गरे ।

त्यसैगरी महासचिव पदमा क्यानबेराका चुडामणि सापकोटाले  ७ हजार ३० मतका साथ बिजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी सिड्नीका भरतमणि देवकोटाले ३ हजार २ सय ५३ मत प्राप्त गरे र वर्तमान कोषाध्यक्ष अर्जुन गौतमले १ हजार ८ सय १४ मत प्राप्त गरे ।

निजन चौलागाईले ७ हजार ८७ मतका साथ कोषाध्यक्ष पदमा विजयी भए उनका  प्रतिस्पर्धी लुना शिवाकोटीले ४ हजार ७ सय ५६ मत प्राप्त गरिन् । सचिव पदमा सिड्नीका कल्याण खड्काले ७ हजार १ सय ८० मत प्राप्त गरे भने  उनका प्रतिस्पर्धी गणेशराज गौतमले ४ हजार ५ सय २८ मत प्राप्त गरे ।

यस्तै एनआरएन अष्ट्रेलिया नारी निकुञ्ज संयोजकमा रिन्जु अधिकारी विजयी भएकी छिन् भने एनआरएन अष्ट्रेलिया युवा संयोजकमा पुकार घिमिरे निर्विरोध भएका थिए । नारी निकुञ्ज अष्ट्रेलियाको उपसंयोजक पदमा प्रतिभा शाह निर्विरोध भएकी छिन् ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार क्वीन्सल्याण्ड राज्य संयोजक पदमा अतुल खड्कासहितको  टिम निर्विरोध निर्वाचित भएको छ भने तास्मानियामा पनि राज्य संयोजक सुजन वाग्ले सहितको टिम नै निर्विरोध भएको छ ।

यसैगरी अष्ट्रेलियन क्यापिटल टेरेटोरीमा ललित मल्ल संयोजक पदमा चुनिएका छन् भने भिक्टोरियामा महादेव धानुक संयोजक पदमा विजयी भएका छन् ।

नर्दन टेरेटोरीमा त्रिलोचन सापकोटा विजयी भए भने न्यू साउथ वेल्स राज्य संयोजकमा उषा किरण बारिया पोखरेल विजयी भएकी छिन् ।

साउथ अष्ट्रेलिया संयोजकमा थीरबहादुर गुरुंग विजयी भए । यस्तै वेष्टर्न अष्ट्रेलियामा हरिवंश सञ्जेल सुमन विजयी भएका छन् ।

मा प्रकाशित