१२ साउन, काठमाण्डौ । विश्व बैंकले यहीँ जुलाईदेखि लागू हुने गरि नेपाललाई दिँदै आएको ऋणको ब्याजदर ०.७५ बाट बढाएर १.५ प्रतिशत बनाएको छ ।
सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित वैदेदेशिक सहायता परिचालन प्रणालीसम्बन्धी अभिमुखीकरण कार्यक्रममा वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले यस्तो जानकारी दिएका हुन् ।
उनका अनुसार नेपालले हालसम्म विश्व बैंकसँग लिँदै आएको विकास सहायतामा ०.७५ प्रतिशत ब्याजदर रहेकोमा त्यसलाई बढाएर १.५ प्रतिशत पु¥याएको छ ।
विश्व बैंकले गएको यहीँ जुलाईदेखि ब्याजदर बढाएको बढाएको हो । यस अघिको ऋण ४० वर्षभित्र तिर्ने गरि लिने गरेको थियो ।
नयाँ व्यवस्था अनुसार अहिले म्याच्युरिटी अवधि ३० वर्ष कायम भएको छ ।
नेपाल अलप विकसित राष्ट्रहरूको सूचीबाट स्तरोन्नति हुने तयारी भएकोले ऋणको ब्याजदर स्वाभाविक रुपमा बढेको उहाँको भनाइ छ ।
हालै विश्व बैंक र एसियाली विकास बैंकले आ—आफ्नो ५ बर्षे रणनीति पनि जारी गरेका छन ।
नेपालको विकास लिने सहायतामा एशियाली विकास बैक र विश्व बैकको ८० योगदान रहेको छ ।
मा प्रकाशित