
१५ साउन, काठमाण्डौ । सरकारले निजी क्षेत्रका तीन प्रतिनिधिहरूलाई बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा नियुक्त गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कुशकुमार जोशी, विदुषी राणा र ज्योत्सना श्रेष्ठलाई बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा नियुक्त गरेको जनाएको छ ।
विद्यमान वाणिज्य नीतिमा व्यापार सुधार, निजी क्षेत्रको सक्रियता, नीति निर्माणमा समन्वय, र सरकारी तथा निजी क्षेत्रबीच सहकार्य मजबुत बनाउन बोर्ड अफ ट्रेडको भूमिकालाई महत्वपूर्ण आधारको रूपमा लिइएको उद्योग मन्त्रालयले जनाएको छ ।
बोर्ड अफ ट्रेड नेपालको व्यापार नीतिको कार्यान्वयन, नीति सिफारिस, समन्वय र सहजीकरणका लागि प्रमुख संस्थागत संयन्त्र हो ।
बोर्डले नीति निर्माणमा सरकारलाई सघाउने, निजी क्षेत्रका चुनौतीहरू पहिचान गर्ने, समाधान सुझाउने र अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी मुद्दामा मार्गदर्शन दिने जिम्मेवारी निर्वाह गर्दछ ।
मा प्रकाशित