नेपाल र भियतनामबीच व्यापार, लगानी तथा निजी क्षेत्रको सहकार्यमा छलफल

आर्थिक परिवेश

०८ भदौ, काठमाण्डौ ।   नेपाल र भियतनामबीच व्यापार, लगानी तथा निजी क्षेत्रको सहकार्यलाई नयाँ उचाइमा पुरयाउने वारेमा  नेपाल चेम्बर अफ कमर्सले समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति  भो थी आन्ह जुआनसगँ काठमाडौंमा छलफल गरेको छ ।

बैठकमा दुवै देशबीचको व्यापारिक पहु“च विस्तार, लगानीमैत्री वातावरण निर्माण, उद्योग–व्यवसाय प्रवद्र्धन तथा आपसी सहकार्यका सम्भावनाबारे महत्वपुर्ण छलफल भएको छ ।

नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुरा भएको अवसरमा भएको भेटलाई चेम्बरले व्यापार, लगानी र आर्थिक साझेदारीको नया“ अध्याय सुरु गर्ने महत्वपूर्ण सम्भावनाको रुपमा हेरेको छ ।

उपराष्ट्रपति जुआनले नेपाल चेम्बर अफ कमर्स र भियतनामबीच द्विपक्षीय व्यापार विस्तार तथा लगानी प्रवाहलाई सहज बनाउन दुवै देशका निजी क्षेत्रबीच घनिष्ठ समन्वय आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

उपराष्ट्रपति आन्ह जुआनले नेपाल र भियतनामबीचको आर्थिक सम्बन्धलाई अझ प्रगाढ बनाउन दुवै देशका निजी क्षेत्रको सक्रियता अपरिहार्य हुनेमा जोड दिनुभयो ।

उहा“ले चेम्बर प्रतिनिधीहरु समक्ष भियतनामको भ्रमण गर्न र सम्भावित लगानीका क्षेत्रमा भियतनामको चेम्बरसंग सहकार्य गर्न सुझाव दिनुभयो ।

चेम्बर अफ कमर्सले नेपाल–भियतनामबीच कृषि, पर्यटन, ऊर्जा, शिक्षा र सूचना प्रविधि जस्ता क्षेत्रमा सहयोग तथा साझेदारीको अपार सम्भावना रहेको भन्दै व्यावहारिक कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिएको छ ।

चेम्बरले भियतनामस“गको आर्थिक सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

बैठकमा भियतनामका अनररी कन्सुल एवं नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेश काजी श्रेष्ठको समुपस्थितिमा आयोजित छलफलमा चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल, निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, वरिष्ठ उपाध्यक्ष दिपक कुमार मल्होत्रा, महिला चेम्बर अध्यक्ष उर्मिला श्रेष्ठ सहितका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

मा प्रकाशित