
१४भदाै थियानजिन (चीन) । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच दुई पक्षीय भेटवार्ता भएको छ ।

शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा आज अपराह्न यहाँ आइपुग्नुभएका प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग थियानजिन अतिथि गृहमा भेटवार्ता भएको हो ।

त्यसअघि उहाँले प्रधानमन्त्री ओलीलाई सो गृहमा स्वागत गर्नुभएको थियो ।



तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय
मा प्रकाशित