
१६ भदौ काठमाण्डौ । नेपाल उद्योग परिसंघ र सुदूरपश्चिम प्रदेश सरकारबीच प्रदेशले आयोजना गर्न लागेको लगानी र विकास सम्मेलनका विषयमा केन्द्रित सोमवार छलफल भएको छ ।
परिसंघको सचिवालयमा भएको छलफलमा मुख्यमन्त्री कमल बहादुर शाहले लगानी सम्मेलनमा सहभागी हुन आग्रह गर्दै सुदूरपश्चिम प्रदेशका उच्च सम्भावना भएका क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।
प्रदेशमा लगानी भित्र्याउन नेपाल उद्योग परिसंघलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न समेत आग्रह गर्नुभयो ।
मुख्यमन्त्री शाहले लगानीमैत्री वातावरण बनाउन, सोही अनुरुप कानुनी एवं नीतिगत सुधार गर्न र लगानीको सुरक्षा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
सो अवसरमा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी र विकास सम्मेलन सफल बनाउन परिसंघले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
परिसंघका पुर्व अध्यक्ष हरिभक्त शर्माले जग्गा खरिद गरी लगानी गर्न नसकिने स्पष्ट पार्नुहुँदै प्रदेश सरकारले जग्गा, सहज एवं छिटो प्रक्रिया अबलम्वन गरे लगानी ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
परिसंघका उपाध्यक्ष राजबहादुर शाहले प्रदेशले आयोजना गर्न लागेको लगानी सम्मेलन सफल बनाउन आवश्यक समन्वय गर्न परिसंघ तयार रहेको भन्नुहुँदै लगानी भित्र्याउन निजी क्षेत्रलाई लगानी बाहेकका अन्य प्रक्रिया, कानुनी एवं नीतिगत सहजता सरकारले प्रदान गर्नुपर्ने बताउनुभयो ।
मा प्रकाशित