पोखरा भ्रमण वर्ष २०२५ भव्यरूपमा मनाउने तयारी

पोखरा भ्रमण वर्ष २०२५

 २० भदाै,पोखरा ।    पोखरा भ्रमण वर्ष २०२५ मनाइरहँदा यहाँ आउने पर्यटकलाई राम्रो स्वागत–सत्कार गर्नुपर्नेमा सरोकारवालाले जोड दिनुभएको छ ।

शुक्रवार पोखरामा सम्पन्न पृथ्वी होटेल व्यवसायी समितिको १३ औँ वार्षिक साधारण सभा तथा ७ औँ अधिवेशनको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख

मणिराज लामिछानेले पोखरा र लुम्बिनीलाई जोडेर दुवै क्षेत्रमा पर्यटनपोखरा भ्रमण वर्ष २०२५ गर्ने प्रभावकारी कार्यक्रम ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो । ‘

पोखरा जाऔँ, प्रकृतिसँग रमाऔँ’ भन्ने अभियान प्रशंसनीय भएको बताउँदै पर्यटन बोर्डले यसलाई निरन्तर सहयोग गर्ने बताउनुभयो ।

होटेल व्यवसायी महासङ्घ गण्डकीका अध्यक्ष अर्जुन चोखालले पोखरालाई अब ग्रेटर पोखराको अवधारणा लिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । पोखरा भ्रमण वर्षका

संयोजक गोपी बहादुर भट्टराईले विभिन्न खेलकुद गतिविधिबाट पर्यटन व्यवसायीले लाभ लिन नसकेको गुनासो गर्दै हरेक पर्यटकीय क्षेत्रमा सरसफा

इ, सिसी क्यामरा जडान र कानुनी मान्यता पूरा गर्न सुझाव दिनुभयो । होटेल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले समिति र सङ्घलाई एउटै बाबुका दुई छोरा झैँ समन्वयपूर्वक अघि बढिरहेको बताउनुभयो ।

समितिका अध्यक्ष अम्बिका घिमिरे ‘अमृत’ को अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा पोखरा उद्योग वाणिज्य सङ्घका महासचिव शोभा गौतम, पोखरा च्याम्बर अफ कमर्सका अध्यक्ष उमाराज बास्तोला, समितिका सचिव शोभाकान्त चापागाईँ लगायतले पनि आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

यसैबिच, पोखराका पत्रकार गोविन्द सुवेदी पृथ्वी पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।

मा प्रकाशित