
२९ भदाै, काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सानो आकारको मन्त्रिमण्डल बनाउनु हुने भएकाे छ ।
पदभार ग्रहण गरेकै दिन उहाँले तीन अलगअलग क्षेत्रका प्रतिष्ठित व्यक्तिको नाम मन्त्रीका लागि टुंगो लगाउनु भएकाे हाे ।
अधिवक्ता एवं अधिकारकर्मी ओमप्रकाश अर्यालले गृहका साथै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाउने करिव पक्का भएकाे छ ।
पूर्वअर्थसचिव रामेश्वर खनालले अर्थ मन्त्रालय सम्हाल्नु हुने भएकाे छ।
यस्तै कुलमान घिसिङले तीनवटा महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाउनु भएकाे छ। उहाँले अब भौतिक पूर्वाधार तथा निर्माण मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र सहकारी विकास मन्त्रालय उनले सम्हाल्ने करिव टुडगाे लागेकाे छ।
प्रधानमन्त्री कार्कीले मन्त्रिमण्डल गठनका लागि ३ जनाकाे नामकाे सिफारिस शीतलनिवासमा गएर राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिसक्नु भएकाे छ ।
नवनियुक्त मन्त्रीहरुको शपथ भोलि सोमबार हुने शीतलनिवास स्रोतले जानकारी दियो।
मा प्रकाशित