न्यूयोर्कमा ग्लोबल नेपाली माइग्रेन्ट्स हेल्थ समिट आयोजना हुँदै

आर्थिक परिवेश

०८ असाेज, न्यूयोर्क । संयुक्त राज्य अमेरिकाको न्यूयोर्क शहरमा यही २०२५ सेप्टेम्बर २६–२७ मा विश्व आप्रवासि हेल्थ सम्मेलन (ग्लोबल माइग्रेन्ट्स हेल्थ समिट) आयोजना हुने भएको छ ।

भर्चुअल तथा प्रत्यक्ष रुपमा सम्मेलनस्थलमा गरी  हुने सम्मेलनलाई हाइब्रिड मोडमा सञ्चालन गरिनेछ । सम्मेलन स्थलमै आयोजना हुने कार्यक्रमहरू न्यूयोर्कमा सम्पन्न हुनेछन् ।

सम्मेलनले विश्वभर छरिएर रहेका नेपाली र अन्य मुलुकका आप्रवासी चिकित्सकहरु,स्वास्थ्य नेतृत्वकर्ताहरु,स्वास्थ्य पेशाकर्मीहरु तथा सरोकारवालाहरूलाई समेत सहभागी गराइ छलफल हुनेछ ।

जसले माइग्रेन्ट्स र शरणार्थीहरूको स्वास्थ्य प्रवद्र्धन र त्यसको सुनिश्चितता अभिवृद्धि गर्ने कार्यमा योगदान गर्नेछ ।

पत्रकारहरु संग कुरा गर्दै सम्मेलन आयोजक समितिका अध्यक्ष डा. सञ्जीव सापकोटाले ग्लोबल माइग्रेन्ट्स हेल्थ समिट अमेरिका तथा विश्वभरका माइग्रेन्ट्स र

शरणार्थीहरूलाई स्वास्थ्य तथा  स्वास्थ्यसंग सम्बन्धीत सेवा उपलब्ध गराउने संस्थाहरूलाई एकै ठाउँमा थलोमा जुटाउने लक्ष्य लिएको बताउनु भयो  ।

डा. सापकोटाले “यस सम्मेलनले स्वास्थ्य नेतृत्वकर्ता, स्वास्थ्य पेशाकर्मी, तथा सरोकारवालाहरूलाई समेत सहभागी गराउने तथा त्यसले माइग्रेन्ट्स र शरणार्थीहरूको स्वास्थ्य प्रवद्र्धन र सुनिश्चिततामा योगदान गर्ने बताउनु भयो । ”

डा. सापकोटाले “अनुमानित ८ मिलियनभन्दा बढी नेपाली माइग्रेन्ट्स आप्रवासी विश्वभर छरिएर रहेका छन् । तिनीहरूको बहुमत मध्यपूर्व, मलेसिया र भारतमा रहेका छन् । तीमध्ये अधिकांशले आफू कार्यरत मुलुकमा प्रर्याप्त स्वास्थ्य बीमा वा पहूँच पाएका छैनन् ।”

सम्मेलनको मुख्य विषयवस्तु (थीम) Universal Health Coverage for all Migrants  रहेको छ । यस बारेमा कोस्टारिकाबाट अमेरिका पुग्नु भएका आयोजक डा. खगेन्द्र चापागाईंले सम्मेलनले विश्वभरका माइग्रेन्ट्सका स्वास्थ्य आवश्यकता बारे सचेतना जगाउने उद्देश्य राखेको बताउनु भयो ।

सम्मेलनको क्रममा सहभागीहरु बीच गोलमेच छलफल,कार्यशाला, गोष्ठी,वैज्ञानिक कार्यपत्र प्रस्तुतिकरण र छलफल, आप्रवासी स्वास्थ्यका लागि पैदलयात्रा कार्यक्रम लगायतका कार्यक्रम सहित आप्रवासी स्वास्थ्यका लागि न्युर्योक घोषणापत्र जारी गरेर सम्पन्न हुनेछ ।

सम्मेलनमा प्रत्यक्ष तथा अनलाइनको माध्यमबाट ३०० जना भन्दा बढिको सहभागिता रहने छ भने सम्मेलनमा नेपाल सहित अमेरिका क्यानडा, युरोप,बेलायत,अष्टे«लिया,पोर्चुगल,कोष्टारिका,मध्यपूर्व तथा अफ्रिका लगायतका नेपालीहरुको बढी बसोबास गर्ने मुलुकहरुबाट सहभागिता रहने आयोजक समितिका अध्यक्ष डा सञ्जिव सापकोटाले जानकारी दिनु भयो ।

त्यस हेल्थ समिटका आयोजक तथा साझेदार संस्थाहरूमा Protecting Health of Migrants, Immigrants and Refugees PHOMIR, Nepalese American Nurses Association -NANA, Health for All Foundation, STARS Scholar Network, American Nepali Physician Association-ANPA tyf Non–Resident Nepali Association USA -NRNA–USA रहेका छन\।

मा प्रकाशित