
१२ असोज, काठमाण्डौ । दशैं बिदा अगाडि अन्तिम कारोबार दिन आइतबार नेपाली सेयर बजारको परिसूचक ११.५१ अंकले बढेर बन्द भएको छ ।
आइतबार परिसूचक दोहोरो अंकले बढे पनि कारोबार रकम भने ३ अर्ब पनि पुग्न सकेन् ।
सरकारले पूँजीबजार सुधार सुझाव कार्यदल गठन गरेको थियो । उक्त, कार्यदलले सेयर बजार सुधारका लागि तत्काल गर्नुपर्ने काममा सेयर बजारको एकल ग्राहक सीमा हटाउन सुझाएको छ ।
दशैंपछि मात्रै धितोपत्र बजार खुल्ने भएकाले आइतबारको कारोबारको राफसाफ पनि दशैंपछि नै हुने भएकाले कारोबार रकममा भने कमी आएको छ ।
आइतबार बजारको परिसूचक २६६३.५१ बिन्दुमा रोकिएको छ । आइतबार होटल र पर्यटन, व्यापार र अन्य समूहका उपसूचकको मूल्य घट्यो भने अन्य सबै उपसूचकहरु बढेका छन् ।
आइतबार नेप्सेमा ३ सय १४ कम्पनीहरुका ७५ लाख ११ हजार कित्ता सेयरहरु २ अर्ब ९३ करोड रुपैयाँमा किनबेच भएको छ ।
मा प्रकाशित