आप्रवासीहरूको स्वास्थ्य सम्बन्धी न्युयोर्क सम्मेलन घाेषणापत्र जारी गर्दै सम्पन्न 

आर्थिक परिवेश

न्युयोर्क, सेप्टेम्बर २८, २०२५ । अमेरिकाको न्युयोर्क शहरमा यही असोज ११ र १२ तद्नुसार सेप्टेम्बर २६–२७ का दिन प्रथम ग्लोबल माइग्रेन्ट्स हेल्थ समिट सम्पन्न भएको छ ।

नेपाली तथा विश्वभरका आप्रवासीहरुका विभिन्न स्वाथ्य समस्याहरु र तिनीहरुको समाधानका उपायहरुका वारेमा वैज्ञानीक कार्यपत्रहरु प्रस्तुत गरी छलफल भएको सम्मेलन न्युयोर्क घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।

प्रोटेक्ट हेल्थ अफ माइग्रेन्टस्, इमिग्रेण्टस एण्ड रिफ्युजी Protecting Health of Migrants, Immigrants and Refugees PHOMIR को आयोजना र विभिन्न साझेदार संस्थाहरूको सहकार्यमा दुई दिने सम्मेलन सम्पन्न भएको हो ।

सम्मेलनको उदघाटन सत्रमा मध्य अमेरिका, नेपाल, अस्ट्रेलिया र संयुक्त राज्य अमेरिकाका विज्ञ तथा अनुसन्धानकर्ताहरूले आप्रवासी र शरणार्थीहरूको स्वास्थ्यसम्बन्धी विषयमा अनुसन्धान प्रस्तुत गरेका थिए ।

क्षयरोग, बढ्दो मानसिक स्वास्थ्य समस्या, डिप्रेशन, र सीमा–पार स्वास्थ्य चुनौतीहरू वैज्ञानिक सत्रका मुख्य विषयहरु रहेका थिए । प्रस्तुतिहरूको विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरु मर्फत मार्फत प्रत्यक्ष प्रसारण पनि गरिएको थियो ।

सम्मेलनको क्रममा न्युयोर्कको रकरफेलर प्लाजामा सयौं मानिस भेला भई आप्रवासीहरूको लागि सार्वभौमिक स्वास्थ्य बीमा सुनिश्चित गर्ने मागमा समर्थन जनाउनुका साथै र्याली समेत गरिएको थियो ।

सम्मेलनको क्रममा न्युयोर्कमा आयोजित हेल्थ स्क्रिनिङ स्वास्थ्य शिविरमा आप्रवासीहरूको ठूलो सहभागिता रहेको थियो ।

स्वास्थ्य शिविरमा नेपाली अमेरिकन नर्स एसोसियसन ल्ब्ल्ब् का नर्सहरुले रक्तचाप,रक्तचिनी, मानसिक स्वास्थ्य मूल्यांकन तथा स्वास्थ्य सल्लाह उपलब्ध गराउनु भएको थियो

। त्यस क्रममा ठुलो संख्यामा पाकिस्तान,बंगलादेश,नेपाल, भारतलगायत दक्षिण एशियाका आप्रवासीहरूले स्वास्थ्य परीक्षण तथा परामर्श लिएर आभान्वित भएको सम्मेलन आयोजक समितिका संयोजक डा सञ्जिव साप्कोटाले जानकारी दिनु भयो ।

सम्मेलनको उदघाटन समारोहलाई सम्बोधन गर्दै आयोजक समितिका संयोजक डा सञ्जिव साप्कोटाले विश्वभर करिब १ अर्ब मानिस आप्रवासनमा रहेको र उनीहरूको

स्वास्थ्यप्रति उत्पत्ति मुलुक तथा गन्तव्य मुलुक जिम्मेवार हुने कानूनी प्रवन्ध नरहेकोले सम्मेलन मार्फत आप्रवासीहरूको आधारभूत स्वास्थ्य पहुँच सुनिश्चित गर्न र दुवै मुलुकलाई आवश्यक जवाफदेही बनाउन वकालत गरिएको बताउनु भयो ।

क्त्ब्च्क् क्अजयबिचक ल्भतधयचप का उपाध्यक्ष डा.कीथ राइटले आप्रवासीहरूको सहनशीलता र गैर–नाफामूलक संस्थाहरूको भूमिकाबारेमा चर्चा गर्न‘ भएको थियो ।

ल्ब्ल्ब् की अध्यक्ष अङ याङ्की शेर्पाले आप्रवासीहरूको स्वास्थ्य सहयोगका लागि ल्ब्ल्ब्ले गर्दै आएको गतिविधिबारे जानकारी गराउनु भएको थियो ।

समारोहमा सम्मेलन आयोजना गर्न सहयोग गर्ने ३ संंस्थाहरुलाई आयोजक समतिका संयोजक डा सञ्जिव साप्कोटाले सामुदायिक सेवा पुरस्कार प्रदान गर्नु भयो ।

त्यसरी पुरस्कृत हुने संस्थाहरुमा Nepalese American Nurses Association -NANA,Himalayan Restaurant, New York  र Girija Prasad Koirala Foundation -GPKF America Chapter रहेका छन् ।

सम्मेलनको सफल आयोजनामा गर्ने कार्यमा STARS Scholars Network, Nepalese American Nurses Association -NANA Helping Hands,Without Border Canada HHWBC, Association of Nepalese Physician in America -ANPA, Non–Resident Nepali Association National Coordination Council USA , NRNA–NCC USA_, Girija Prasad Koirala Foundation America Chapter -GPKF लगायतका संस्थाहरूले सहकार्य गरेका थिए ।

त्यस्तै डा. अनुज कण्डेल, डा. बिनोद शाह, बिकास उप्रेती, अर्जुन बहादुर श्रेष्ठ, खगेन्द्र जीसी, नेत्र बन्धु पोखरेलले व्यक्तिगत तथा संस्थागत रुपमा पनि वित्तीय सहयोग र प्रायोजन उपलब्ध गराउनु भएको थियो ।

अन्तर्राष्ट्रिय सहकार्य र प्रकाशन
समिटकै क्रममा एज्इःक्ष्च् का अध्यक्ष डा.सापकोटाले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको क्ष्लतभचलबतष्यलब िइचनबलष्शबतष्यल या ःष्नचबतष्यल(क्ष्इः काप्रतिनिधिलाई घोषणापत्र हस्तान्तरण गर्नु भएको छ ।

हेल्थ समिट न्युयोर्कमा भइरहेको संयुक्त राष्ट्रसंघीय महासभाग्ल्न्ब्को अवसर पारेर आयोजना गरिएको थियो। जसले ग्ल्न्ब् का सहभागीहरूलाई आप्रवासी स्वास्थ्य सम्बन्धी कार्यक्रममा आकर्षित गरेको छ ।

त्यसैगरी, समिटले न्युयोर्कमा आयोजित न्यिदब िऋष्तष्शभलक को संगीत कन्सर्ट लाई पनि समर्थन गर्यो, जसमा शान्ति, न्याय र मानवतावादी कदमलाई प्रोत्साहन दिने उद्देश्य राखिएको थियो। कन्सर्टमा विश्वप्रसिद्ध कलाकारहरूले प्रस्तुति दिएका थिए ।

                                                                आप्रवासीहरूको सस्वास्थ्यम्बन्धी न्यूयोर्क घोषणा – २०२५

हामी, ग्लोबल माइग्रेन्ट्स हेल्थ समिटका सहभागीहरू, जुन सेप्टेम्बर २६–२७, २०२५ मा न्यूयोर्कमा सम्पन्न भयो, आपसी जिम्मेवारी र प्रतिबद्धताको साझा भावनासहित भेला भई यस कुरामा दृढतापूर्वक जोड दिन्छौं कि आप्रवासीहरूको स्वास्थ्य एउटा मौलिक मानव अधिकार हो।

स्वास्थ्य प्रत्येक व्यक्तिको निस्काम र सार्वभौमिक अधिकार हो—राष्ट्रियता, आप्रवासन स्थिति, जातीयता वा सामाजिक–आर्थिक अवस्थाजस्तो जुनसुकै भिन्नता भए पनि।

त्यसैले हामी घोषणा गर्दछौं कि चाहे स्वेच्छाले वा बाध्यतावश यात्रा गर्ने आप्रवासीहरूलाई विश्वका सबै मुलुकमा आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकार छ।

आप्रवासी स्वास्थ्य ः एउटा विश्वव्यापी आवश्यकता
आज विश्वभर एक अर्बभन्दा बढी मानिसहरू—आप्रवासी कामदार, अन्तर्राष्ट्रिय विद्यार्थी, शरणार्थी तथा आश्रय खोज्नेहरू—यात्रामा रहेका छन्।

तिनीहरू मध्ये लाखौं नेपाली, दक्षिण एशियाली, दक्षिण–पूर्व एशियाली, अफ्रिकी, पूर्वी युरोपेली र ल्याटिन अमेरिकी आप्रवासीहरू आफ्ना गन्तव्य मुलुकमा ठूलो योगदान दिइरहेका छन् र आफ्ना घर परिवार तथा समुदायलाई सहयोग पु¥याइरहेका छन्।

तर धेरैजसो अवस्थामा आप्रवासीहरूले गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पाउन गाह्रो छ, बीमा कवरेजमा असमानता भोग्नुपर्छ, संक्रामक रोगहरूको जोखिम, कामसँग सम्बन्धित दुर्घटना, मानसिक स्वास्थ्य समस्या र सामाजिक बहिष्कारमा पर्नुपर्छ। हामी दृढतापूर्वक भन्छौं—यस्ता असमानता अस्वीकार्य छन्।

सरकारहरू, निकायहरू र संयुक्त राष्ट्रसंघलाई आह्वान

हामी राष्ट्रिय सरकारहरू, अन्तर्राष्ट्रिय निकायहरू र संयुक्त राष्ट्रसंघलाई सबै आप्रवासीहरूका लागि सार्वभौमिक स्वास्थ्य बीमा र पहुँचलाई प्रस्ट र दृढतापूर्वक समर्थन गर्न आह्वान गर्दछौं।

हामी उनीहरूलाई आग्रह गर्दछौं कि राष्ट्रिय स्वास्थ्य नीतिहरूलाई विश्वव्यापी मानवअधिकार ढाँचासँग मिलाउनुपर्छ र आप्रवासी स्वास्थ्यलाई सार्वभौमिक स्वास्थ्य कवरेज कार्यसूचीमा एकीकृत गर्नुपर्छ।

यसमा प्राथमिक स्वास्थ्य सेवा विस्तार, निवारक र आपतकालीन स्वास्थ्य सेवाको सुदृढीकरण, मानसिक स्वास्थ्य आवश्यकता सम्बोधन र आप्रवासन स्थितिको पर्वाह नगरी पहुँच र वहनशीलता सुनिश्चित गर्नु पर्दछ ।

सरकारहरूले आप्रवासी समावेशी नीतिहरू अवलम्बन गर्नुपर्छ जसले भेदभाव अन्त्य गर्छ, सामाजिक सुरक्षालाई बढाउँछ र आप्रवासीहरूको सम्मानलाई कायम राख्छ ।
गठबन्धन र सञ्जाल निर्माण
हामी विश्वभरका संस्थाहरू, निकायहरू, संघ–संस्थाहरू, शैक्षिक संस्था, स्वास्थ्य सेवा प्रदायक तथा आप्रवासी तथा शरणार्थी स्वास्थ्य प्रवद्र्धनमा प्रत्यक्ष वा अप्रत्यक्ष संलग्न व्यक्तिहरूलाई आप्रवासी स्वास्थ्य सम्बन्धी साझा गठबन्धन र सञ्जाल बनाउन आह्वान गर्दछौं।

यस्तो गठबन्धनले सहकार्य, अन्तरक्रिया र उत्कृष्ट अभ्यासहरूको आदान–प्रदान गर्ने साझा मञ्चको काम गर्नेछ। संयोजन गरेर यस सञ्जालले प्रभावकारी वकालत, स्रोत परिचालन, अनुसन्धान र ज्ञानकोष निर्माण, र आप्रवासी स्वास्थ्य सुधारमा अझ सशक्त नतिजा ल्याउन सक्छ।

यो गठबन्धन विश्वव्यापी हुनु पर्दछ—क्षेत्र र विधालाई जोड्ने, चिकित्सक, नर्स, सार्वजनिक स्वास्थ्य विज्ञ, नीतिनिर्माता, सामाजिक कार्यकर्ता तथा आप्रवासी समुदाय नेताहरूको ज्ञान र अनुभवलाई एकसाथ ल्याउने।

यसले वकालतको आवाज मात्र होइन, तर व्यावहारिक संयन्त्रको रूपमा काम गरेर आपतकालीन अवस्था वा सङ्कटका समयमा आप्रवासीलाई समर्थन गर्नेछ।

हामी, ग्लोबल माइग्रेन्ट्स हेल्थ समिटका सहभागीहरू, आप्रवासी स्वास्थ्यको पक्षमा आवाज बुलन्द गर्न हाम्रो साझा संकल्पलाई पुनः पुष्टि गर्दछौं। हामी विश्वास गर्छौं—आप्रवासीहरूका लागि सार्वभौमिक स्वास्थ्य कवरेज हासिल गर्नु मात्र आवश्यक नभई नैतिक जिम्मेवारी पनि हो घोषणपत्रले प्रतिबद्धताजनाएको छ ।

यस न्यूयोर्क घोषणालाई एउटा मार्गदर्शक दस्तावेजका रूपमा विश्व समुदायलाई सम्झाउने आधार बनोस् कि—आप्रवासीहरूको स्वास्थ्य नै सबैको स्वास्थ्य हो । आप्रवासीहरूको स्वास्थ्यलाई सुरक्षित गरेर, हामी सम्पूर्ण मानवको स्वास्थ्यलाई सुरक्षित गर्छौं,घोषणपत्रमा भनिएको छ ।

मा प्रकाशित