
२८ असोज, काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को भदौ महिनामा कुल वस्तुनिर्यात ८८.६ प्रतिशतले वृद्धि भई ४७ अर्ब ३२ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ५.१ प्रतिशतले कमी आएको थियो ।
गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः १३९.९ प्रतिशत र ०.४ ले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ५८.५ प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, जुटका सामान, अलैंची, चाउचाउलगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, पिनालगायतका वस्तुको निर्यात घटेको छ ।
नेपाल राष्ट्र बैकले मंगलवार प्रकाशित चालु आर्थिक बर्षको भदौ महिनाको आर्थिक अवस्था सम्बन्धी प्रतिवेदनमा मुलुकको आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा कुल वस्तु आयात १६.२ प्रतिशतले वृद्धि भई ३०५ अर्ब १६ करोड पुगेको उल्लेख छ ।
आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा कुल वस्तु व्यापार घाटा ८.६ प्रतिशतले वृद्धि भई २५७ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा १.८ प्रतिशतले वृद्धि भएको थियो ।
मा प्रकाशित