बीरगंज भन्सारबाट ३ महिनामा ८९ प्रतिशत राजस्व असुली

आर्थिक परिवेश

०२ कार्तिक वीरगञ्ज ।     एकीकृत भन्सार जाँच चौकी आईसिपी) बीरगंज भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०८२/०८३ को तिन महिनाको अवधिमा ५८ अर्ब २३ करोड ३१ लाख ४३ हजार रुपैयाँ राजस्व असुली गरेको छ ।

अर्थमन्त्रालय भन्सार विभागले आईसिपी भन्सारलाई तिन महिनाको लागी ६५ अर्ब ६१ करोड २१ लाख राजस्व उठाउने लक्ष्य तोकेको थियाे ।

सो समयमा भएका विभिन्न आन्दोलन, बर्षायामको कारण भन्सार प्र भावित हुनुको साथै माल सामानको आयात समेत घटेको हुँदा लक्ष्य अनुसारको राजस्व असुली प्रभावित भएको आईसिपी भन्सार वीरगन्जका प्रमुख भन्सार प्रशासक बिष्णु प्रसाद ज्ञवालीले बताउनुभयो ।

आईसिपी वीरगन्जले तोकिएको लक्ष्य भन्दा झण्डै ११ प्रतिशत कम राजस्व असुली गरेको छ ।

अर्थ मन्त्रालयले तोकेको लक्ष्य भन्दा साउन, भदौ र असोज  महिनामा ६ अर्ब ३९ करोड कम राजस्व असुली भएको बीरगंज भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

देशकै दुई ठूला भन्सार कार्यालय वीरगन्ज भन्सार कार्यालय र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालय गाभिएको तिन महिनाको अवधिमा आईसिपी भन्सारले सो परिमाणमा राजश्व सङ्कलन गर्न सकेको प्रमुख भन्सार प्रशासक ज्ञवालीले बताउनुभयो ।

प्रमुख भन्सार प्रशासक ज्ञवालीले पेट्रोलियम पदार्थको आयातमा कमी र वर्षायाम पनि भएकाले मासिक राजश्व असुली लक्ष्य भेट्टाउन नसकिएको बताउनु भयाे ।

गत आर्थिक वर्षको तिन महिनाको अवधिमा भन्दा भन्दा चालु आवको तिन महिनामा भने बढी राजश्व सङ्कलन गर्न सफलता मिलेको जानकारी दिनुभयो ।

गत आवको तिन महिनाको अवधिमा  त्यस भन्सारले ५१ अर्ब ८३ करोड ३२ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको थियो । सो अवधिमा अर्थमन्त्रालय भन्सार विभागले ६७ अर्ब ८१ करोड रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य तोकिएको थियो ।

चालु आर्थिक वर्षका लागि यो भन्सारले अर्थमन्त्रालयबाट  २ खर्ब ७३ अर्ब ३९ करोड ४८ लाख रुपैयाँ राजश्व सङ्कलनको लक्ष्य पाएको आईसिपी भन्सारका प्रमुख भन्सार प्रशासक बिष्णु प्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

मा प्रकाशित