
०२ कार्तिक काठमाडौँ । ८० वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकले आन्तरिक हवाइ उडानमा टिकट किन्दा ८० प्रतिशत छुट पाउने भएका छन्।
सञ्चालक कम्पनीहरुका प्रतिनिधिहरुबीचको बैठकले ८० वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकले हवाइ टिकटमा ८० प्रतिशत छुट प्रदान गर्ने सहमति गरेको हो।
यस्तै, बैठकमा ७० वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकहरुलाई हवाइ टिकटमा सरकारद्वारा तोकिएको अधिकतम भाडादरमा सम्पूर्ण सेक्टरहरुमा ५० प्रतिशत छुट प्रदान गर्ने सहमति जुटेको छ।
सहमति भएका विषय आइतवार कै मितिदेखि कार्यान्वयन गर्न प्राधिकरणले वायुसेवा कम्पनीहरुलाई निर्देशन समेत दिएको प्राधिकरणले जनाएकाे छ।
मा प्रकाशित