
०६ कार्तिक,काठमाण्डौ । यस बर्षको तिहार र छठपर्वलाई लाक्षित गरी मुलुकको प्रमुख भन्सार नाका वीरगंज भन्सार कार्यालय आईसिपीबाट ड्राई फ्रुट्स, भाई मसला चकलेट तथा अन्य फलफुल गरी २ अर्ब ४ करोड बराबरको सुख्खा फलफुल तथा मिठाई नेपाल भित्रिएको छ ।
एकिकृत सुरक्षा जाँच चौकी आईसिपी तथा वीरगंज भन्सार कार्यालयले दिएको तथ्यांक अनुसार तिहारलाई लक्षित गर्दै यस नाकाबाट झण्डै १ अर्ब ५९ करोड ५० लाख रुपैयाँ बराबरका ‘ड्राई फ्रुट्स’ चकलेट आयात भएको छ ।
इस अवधीमा केरा, स्याउ, अनार लगायतका फलफुलहरु झण्डै ४४ करोड ५० लाख भन्दा बढीको भित्रिएको छ ।
नेपालमा तिहारका बेला सबैभन्दा धेरै ‘ड्राई फ्रुट्स’ खपत हुने गरेको र भाइटीकामा दिदी–बहिनीले दाजुभाइलाई टीका लगाएर सगुनका रूपमा दिने भएकाले यसलाई कतिपयले ‘भाइ मसला’ समेत भन्ने गर्दछन ।
तिहारमा ओखर, काजु, पिस्ता किसमिस, खजुर, नरिवल, सुपारी, बदाम, हाडे बदाम लगायतका सुख्खा फलफूलको खपत धेरै हुने गर्दछ ।
नेपालमा छिमेकी मुलुक भारत र चीनसहित बेलायत, इटाली, भियतनाम, यूएई, इन्डोनेसिया, पाकिस्तान, कतार, थाइल्यान्ड, अमेरिका लगायतका मुलुकबाट ड्राई फ्रुट्स आयात हुने वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक बिष्णु ज्ञबालीले बताउनु भयो ।
बीरगंज नाकाबाट कार्तिक महिनामा सुख्खा फलफुल, मिठाई, चकलेट लगायतका सामग्री १८ लाख ५५ हजार ७ सय ६५ किलो ग्राम भित्रिएको बीरगंज भन्सार कार्यालयले जनाएको छ ।
मा प्रकाशित