तीन महिनामा करिब चार खर्ब बराबरको व्यापार घाटा

आर्थिक परिवेश

०९ कार्तिक, काठमाण्डौ ।    चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा मुलुकले करिब चार खर्ब बराबरको व्यापार घाटा बेहोरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको असोज मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार यस अवधिमा चार खर्ब ६८ अर्ब आठ करोड ३३ लाखको आयात र गर्दा ७२ अर्ब ७८ करोड २८ लाख बराबरको निर्यात भएको छ ।

असोज मसान्तसम्ममा कूल पाँच खर्ब ४० अर्ब ८६ करोड ६१ लाखको वैदेशिक व्यापार गर्दा नेपालले तीन खर्ब ९५ अर्ब ३० करोड घाटा बेहोरेको छ ।

पछिल्लो तीन महिनामा छिमेकी मुलुक भारतबाट दुई खर्ब ५८ अर्ब ८७ करोड ८२ लाखको आयात र ५९ अर्ब १२ करोड ८३ लाखको निर्यात हुँदा एक खर्ब ९९ अर्ब ७४ करोड बराबरको घाटा बेहोरेको छ ।

त्यस्तै, चीनबाट एक खर्ब चार अर्ब ८९ करोडको आयात हुँदा १८ करोड ६४ लाख बराबरको मात्रै निर्यात भएको छ । त्यसका आधारमा चीनसँग असोज मसान्तसम्म एक खर्ब चार अर्ब ७० करोड व्यापार घाटा भएको छ

नेपालको सबैभन्दा बढी व्यापार नाफा डेनमार्कसँग रहेको छ । जर्मनी, रोमानिया,स्विडेन, लेबनानलगायतका मुलुकसँग पनि नेपालको व्यापार नाफामा रहेको छ ।

पछिल्लो तीन महिनामा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ । यो अवधिमा १६ अर्ब ७८ करोड ८७ लाखको पेट्रोल, २० अर्ब ६९ करोड ४५ लाख बराबरको डिजेल र १३ अर्ब ९८ करोड १९ लाखको एलपी ग्यास आयात भएको छ ।

समीक्षा अवधीमा १३ अर्ब ६२ करोड ७५ लाख बराबरको स्मार्टफोन आयात भएको छ ।

मा प्रकाशित