१६ कात्तिक, काठमाडौं । आइतबार सेयर बजारकाे परिसूचक नेप्से ३१ अंकले बढेको छ । गत साताको अन्तिम दिन बिहीबार ३४ अंक बढेको नेप्से सूचक आइतबार पनि ३१ अकले बढेको हो ।
आइतबार कारोबार सुरु भएदेखि निरन्तर बढेको नेप्से कारोबार बन्द हुँदासम्म कायम रह्यो । साताकाे कारोबार सुरु हुँदा २६००.३८ अंकमा रहेको नेप्से ३०.७५ अंकले बढेर २६३१.१४ अंकमा पुगेको छ नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स पनि ४.४१ अंकले बढेको छ ।
आइतबार नेप्सेमा २ सय ५ कम्पनीको सेयर मूल्य बढेको छ भने ४२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी ३ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन नआएको नेप्सेले जनाएको छ ।
वित्तीय प्रणालीको घट्दो ब्याजदर सँगै अधिक तरलताले धितोपत्र बजारमा लगानी बढेको देखिन्छ । फागुनमा तोकिएको निर्वाचन हुने नहुने द्विविधाका कारण लगानी बढाउन नसकेका लगानीकर्ताले प्रधनमन्त्रीले चुनावका लागि राजनीतिक परामर्श बढाएसँगै सकारात्मक देखिएका छन् ।

आइतबार नेप्से सूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । नेप्सेमा ३ सय १९ कम्पनीको ६८ हजार एक सय १२ वटा कारोबारबाट ९ अर्ब २० करोड ३१ लाख रुपैयाँ बराबरका २ करोड ९७ लाख ३८ हजार कित्ता सेयर खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।
यो कारोबार रकम गत साताको अन्तिम दिन बिहीबारको तुलनामा धेरै हो । गत बिहीबार नेप्सेमा ५ अर्ब ५९ करोड रुपैयाँ बरारको सेयर खरिद बिक्री भएको नेप्सेले जनाएको छ ।
आइतबार नेप्सेमा सामुदायिक लघुवित्त, गोर्खाज फाइनान्स, पञ्चकन्या माइ हाइड्रो, पिपुल्स पावर र तेह्रथुम पावर गुहेश्वरी मर्चेन्ट बैंकको सेयर मूल्य १० प्रतिशत बढ्यो ।

आइतबारधेरै कारोबार भएका पाँच कम्पनीमा हिमालयन बैंक (संस्थापक), युनियन हाइड्रोपावर, बुटवल पावर, राधि विद्युत् र एनआरएन इन्फ्रास्ट्रक्चर छन् ।
पछिल्लाे छ काराेवार दिनमा परिसूचक नेप्से १ सय २२ अकले बढेकाे छ । कार्तिक ९ गते नेप्से परिसूचक २ हजार ५ सय ९ अकमा रहेकाे थियाे । त्यस यता परिसूचक नेप्से ६ दिनमा बढेर २ हजार छ सय ३१ अकमा पुगेकाे छ ।
कारोबारका हिसाबमा हिमायलन बैंकको प्रमोटर सेयर अगाडि देखिए पनि मूल्यवृद्धिमा भने ७ वटा कम्पनी अगाडि छन्।
सामुदायिक लघुवित्त,गोर्खाज फाइनान्स, पञ्चकन्यामाई हाइड्रो, पिपुल्स पावर, तेह्रथुम पावर, गुह्येश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स र उन्नति सहकार्य लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको वृद्धिसहित सकारात्मक सर्किट लागेको छ ।
मा प्रकाशित