नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ दोस्रो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई २२१ रनको विशाल लक्ष्य

आर्थिक परिवेश

०२ म‌‍‌‍सिर काठमाडौँ ।  नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ को दोस्रो दिनको दोस्रो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई २२१ रनको विशाल लक्ष्य दिएको छ।

टीयु क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२० रन बनायो ।

विराटनगरका लागि लोकेश बम र मार्टिन गुप्टिलले शतकीय साझेदारी गरे । लोकेश र मार्टिनले दोस्रो विकेटका लागि १२३ रनको साझेदारी गरे। लोकेश ७२ र मार्टिन ६१ रनमा आउट भए । जर्ज मुन्सेले १०, बसिर अहमद २३ र सुभव रन्जाने ३८ रनको योगदान दिए । नारायण जोशी १० रनमा अविजित रहे ।

बलिङमा पोखराका म्याट टेल्लरले २, कुशल भुर्तेल, आकाश चन्द र सागर ढकालले एकएक विकेट लिए ।

मा प्रकाशित