
०३ मंसिर, काठमाण्डौ । स्वीटजरल्याण्डको जेनेभास्थित विश्व व्यापार संगठन (डब्लूटीओ) मा नेपालको तेस्रो व्यापार नीति समीक्षा बैठक सम्पन्न भएको छ ।
बैठकमा नेपालले विश्व व्यापार संगठन (डब्लूटीओ) मा आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ । सोमबारदेखि जेनेभामा सुरु भएको तेस्रो व्यापार नीति समीक्षा बैठक बुधबार सकिएको हो ।
समीक्षाका क्रममा नेपालले व्यापार तथा लगानीका क्षेत्रमा गरेको संस्थागत,कानुनी तथा नीतिगत सुधारबारे जानकारी गराएको थियो ।
बैठकमा नेपालले,महिला र युवा उद्यमशीलता प्रवद्र्धन,जलवायु सहनशील व्यापार संरचना विकास र लगानी आकर्षित गर्न अपनाइएका उपायलाई जानकारी गराएको छ ।
समीक्षा बैठकमा डब्लूटीओका ४२ सदस्य राष्ट्र सहभागी थिए । त्यसमा १७ सदस्यले नेपाललाई अग्रिम रूपमै १८७ भन्दा बढी प्रश्न पेस गरेका थिए ।
सदस्यहरूले नेपाललाई बहुपक्षीय व्यापार प्रणालीमा सक्रिय संलग्नता, मत्स्यपालन अनुदान सम्झौताका लागि प्रमाणीकरण र सन्२०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने प्रयासका लागि प्रशंसा गरेका थिए ।
डब्लूटीओको व्यापार नीति समीक्षा एक महत्त्वपूर्ण पारदर्शि प्रणाली हो । जसमा सहभागी सदस्य राष्ट्रहरुले आफ्नो व्यापार नीति र अभ्यास प्रस्तुत गर्छन् ।
सदस्य राष्ट्रबीच सामूहिक मूल्यांकन, ज्ञान आदान–प्रदान र नीतिगत सुझावका लागि प्ल्याटफर्मका रूपमा काम गर्दै आएको छ ।
बैठकको अध्यक्षता काजकास्तानका राजदूतले गर्नु भएको थियो भने जापानका राजदूतले टिप्पणीकर्ताको भूमिकामा निर्वाह गर्नु भएको थियो ।
बैठकमा नेपालबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेको नेतृत्वमा, जेनेभास्थित नेपाली राजदूत रामप्रसाद सुवेदी सहितको अधिकारी टोली सहभागी भएको थियो ।
मा प्रकाशित