बीरगंज भन्सारले ४ महिनाको अबधिमा ७५ अर्ब ५९ करोड राजस्व असुल

आर्थिक परिवेश

६ मंसिर, वीरगञ्ज ।   मुलुकको प्रमुख भन्सार नाकाको रुपमा रहेको बीरगंज भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०८२/०८३ को ४ महिनाको अबधिमा ७५ अर्ब ५८ करोड ८५ लाख १५ हजार रुपैया राजस्व असुली गरेको छ ।

अर्थमन्त्रालय भन्सार विभागले वीरगंज भन्सार कार्यालय (आईसीपी) लाई ४ महिनाको लागी ८९ अर्ब २३ करोड ७९ लाख ५१ ह्जार राजस्व उठाउने लक्ष्य दिएको थियो ।

सो समयमा भएका बिभिन्न आन्दोलन, बर्षायामको कारण भन्सार प्रभावित हुनुको साथै माल सामानको आयात समेत घटेको हुदाँ लक्ष्य अनुसारको राजस्व असुली प्रभावित भएको वीरगंज भन्सार कार्यालय (आईसिपी) का प्रमुख भन्सार प्रशासक बिष्णुप्रसाद ज्ञाबलीले जानकारी दिनुभयो ।

आईसिपी बीरगंजले तोकिएको लक्ष्य भन्दा झण्डै १६ प्रतिशत कम राजस्व असुली गरेको छ ।

अर्थ मन्त्रालयले तोकेको लक्ष्य भन्दा साउन, भदौ, असोज र कार्तिक महिनामा १३ अर्ब ६४ करोड ९४ लाख ३६ हजार कम राजस्व असुली भएको बीरगंज भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

देशकै दुई ठूला भन्सार कार्यालय वीरगन्ज भन्सार कार्यालय र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालय गाभिएको ४ महिनाको अबधिमा आईसिपी भन्सारले सो परिमाणमा राजश्व संकलन गर्न सकेको प्रमुख भन्सार प्रशासक ज्ञाबलीले बताउनुभयो ।

प्रमुख भन्सार प्रशासक ज्ञाबलीले पेट्रोलियम पदार्थको आयातमा कमी र वर्षायाम, डुबानको कारण पनि राजश्व असुली लक्ष्य भेट्टाउन नसकिएको बताउँदै गत आर्थिक वर्षको ४ महिनाको अवधिमा भन्दा भन्दा चालु आवको ४ महिनामा भने बढी राजश्व संकलन गर्न सफलता मिलेको जानकारी दिनुभयो ।

गत आवको ४ महिनाको अबधिमा यस भन्सारले ६६ अर्ब ७३ करोड १९ लाख १३ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो ।

सो अबधिमा अर्थमन्त्रालय भन्सार विभागले ९० अर्ब ५ करोड २८ लाख ४६ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य तोकिएको थियो ।

चालु आर्थिक वर्ष ०८२/०८३ मा वीरगंज भन्सारलाई अर्थमन्त्रालयबाट २ खर्ब ७३ अर्ब ३९ करोड ४८ लाख रुपैयाँ राजश्व संकलनको लक्ष्य दिईएको वीरगंज भन्सारका प्रमुख भन्सार प्रशासक बिष्णु प्रसाद ज्ञाबलीले जानकारी दिनुभयो ।

 

मा प्रकाशित