
०७ मंसिर काठमाडौँ । चालु आर्थिक बर्षकाे चार महिनाकाे अवधीमा नेपालबाट हुने निर्यात साढे ७७ प्रतिशतले बढेको छ।
भन्सार विभागले सार्वजनिक गरेको चार महिनाको तथ्यांकले निर्यातमा ह्वात्तै बढोत्तरी देखिएको हो।
साउनदेखि कात्तिकसम्म नेपालले ९३ अर्ब ४९ करोड ५७ लाख ७६ हजार रुपैयाँको निर्यात गरेको छ।
गत आवको सोही अवधिमा यस्तो निर्यात ५२ अर्ब ६७ करोड ७ लाख १० हजारको भएको थियो।
यो अवधिमा ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख ३३ हजारको आयात भएको छ। विभागका अनुसार गत आवको सोही अवधिमा ५ खर्ब १३ अर्ब ३८ करोड ८० लाख ३९ हजारको आयात गरिएको थियो।
योसागै व्यापारघाटा समेत ११.९९ प्रतिशतले बढेको छ। यो अवधिमा नेपालले ७ खर्ब २ अर्ब ९४ करोड ७० लाखको कुल वैदेशिक व्यापार गरेको छ। जुन गत आवको सोही अवधिभन्दा २४.१८ प्रतिशतले बढी हो।
मा प्रकाशित