
१० मंसिर, काठमाण्डौ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा एमसिए नेपाल मार्फत निर्माण हुने न्यू बुटवल सबस्टेन र १८ किमी प्रसारण लाइन निर्माण कार्यको शुभारम्भ भएको छ ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिनआर थम्प्सनले संयुक्त रूपमा प्रसारण लाइन निर्माणको शुभारम्भ गर्नुभएको हो ।
अर्थमन्त्री खनालले यो सबस्टेन र प्रसारण लाइन निर्माण सम्पन्न भएसँगै प्रत्यक्ष रूपमा दीर्घकालीन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
एमसिसी र एमसिए नेपालको सहयोगबाट सम्झौतालाई कार्य रूपमा रूपान्तरण गर्दै लगेको अर्थमन्त्रीले बताउनु भयो ।

अमेरिकी राजदूत थम्प्सनले प्रसारण लाइन तथा सबस्टेसनजस्ता आयोजनाले परिवार तथा व्यवसायमा सहज विद्युत् आपूर्ति विस्तार गर्नुका साथै मुलुभरि व्यापार वृद्धि, रोजगारी तथा प्रगतिका लागि अवसरहरू सिर्जना गर्ने बताउनु भयो ।
निर्माण सुरु भएको १८ किमी प्रसारण लाइनले ४०० केभी न्यू बुटवल सवस्टेसनलाई नेपाल–भारत सीमासँग जोड्नेछ । उक्त पुर्वधार करिब पाँच करोड अमेरिकी डलर लगानीमा निर्माण हुनेछ ।
मा प्रकाशित