११ मंसिर, काठमाण्डौ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले वचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको अभिलेखीकरण बुधबारबाट शुरु गरेको छ ।
वचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२ जारी गरेर प्राधिकरणले अभिलेखिकरणको प्रकृया शुरु गरेको हो ।
अभिलेखिकरणको लागि सफ्टवेयर तयार पारेर प्राधिकरणले सबै वचत तथा ऋण सहकारीहरुलाई अभिलेखिकरण हुन आग्रह गरेको छ ।
अभिलेखिकरण भएका सहकारीहरुलाई प्रधिकरणले अनलाइनको माध्यमबाट सञ्चालन इजाजत पनि उपल्बध गराउने व्यवस्था गरिएको छ ।
प्राधिकरणले बुधवार ललितपुरमा आयोजना गरेको सफ्टवेयर शुभारम्भ कार्यक्रममा आयोगका अध्यक्ष डा खगराज शर्माले फ्टवेयरको शुभारम्भ गर्दै सहकारीहरुको नियमन अनुगमन र सुपरीवेक्षणलाई सहज होस् भन्ने उद्देश्यले अभिलेखीकरण शुरु गरेको बताउनु भयो ।

उहाँले सहकारी क्षेत्रमा देखिएका समस्याहरु सम्वद्ध सबै निकायहरु मिलेर समाधान गर्नु पर्नेमा पनि जोड दिनु भयो ।
कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक डा.शेषनारायण पौडेलले प्राधिकरणले सहकारीहरुलाई व्यवस्थित रुपले अनुगमन,नियमन र सुपरीवेक्षण तथा कारबाही गर्नका लागि अभिलेखीकरण गर्न लागेको बताउनु भयो ।
अभिलेखीकरण गर्न बनेको फ्टवेयरमा सहकारीहरुले तोकका विवरणहरु विभिन्न तहमा प्रविष्ट गरे पछि प्राधिकारण बाट अनलाइन रुजु गर्ने तथा स्वीकृत गर्ने व्यवस्था गरिएको प्रविधिक शुरेश बस्नेतले बताउनु भयो ।
हाल नेपालमा वचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको १९ हजारको हारहारीमा रहेको छ ।
मा प्रकाशित