सबै सरकारी सञ्चार माध्यममा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम प्रारम्भ

आर्थिक परिवेश

 ११ मंसिर , काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आजबाट लागु हुने गरी सबै सरकारी सञ्चार माध्यममा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम प्रारम्भ गरिएको बताउनुभएको छ ।

सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज पत्रकारहरूसँग कुरा गर्नुहुँदै सञ्चार मन्त्री खरेलले सरकारी सञ्चार माध्यमहरू सार्वजनिक सेवा प्रसारण नेपाल,रेडियाे नेपाल र नेपाल टेलिभिजनमा  सामाजिक सुरक्षा कार्यक्रम प्रारम्भ गरिएको बताउनुभयाे ।

त्यसै गरी  बिहिवारदेखि राष्ट्रिय समाचार समिति, गोरखापत्र, प्रेस काउन्सिल नेपाल र न्यूनतम पारिश्रमिक निर्धारण समितिमा कार्यरत सबै सञ्चारकर्मी तथा कर्मचारीहरूमा सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन हुने गरी द्विपक्षीय सम्झौता भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलले जानकारी दिनुभयो ।

सञ्चार मन्त्री खरेलले कानुनी दायरामा रहेर दोहोरो नपर्ने गरी सञ्चारकर्मी तथा कर्मचारीहरूका लागि यस कार्यक्रमको सुरुवात गरिएको जानकारी गराउनुभयो ।

सो अवसरमा सञ्चार मन्त्री खरेलले औपचारिक तथा निजी सञ्चार माध्यममा समेत योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न सम्बन्धित सरोकारवाला सञ्चारमाध्यमलाई आह्वान पनि गर्नुभयो ।

मा प्रकाशित